default_image

1 year ago

July 21, 2023

क्रलीको सानदार शतकमा इंग्ल्यान्डलाई अग्रता

171 views

0 Bookmark

एजेन्सी – युवा ओपनर ज्याक क्रलीको सानदार शतकमा इंग्ल्यान्डले विश्वको प्रतिष्ठित एशेज सिरिजको चौथो खेलमा अष्ट्रेलियाविरुद्ध अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिँदा इंग्ल्यान्ड पहिलो इनिङमा ७२ ओभरमा ४ विकेट गुमाउँदै ३ सय ८४ रन बनाएको छ ।

इंग्ल्यान्डले पहिलो इनिङमा ६७ रनको अग्रता लिई सकेको छ । ओपनर ज्याक क्रली १ सय ८२ बलमा २१ चौका र ३ छक्कासहित १ सय ८९ रनमा बोल्ड आउट भए । टेस्ट करिअरको यो उनको चौथो शतक हो ।

इंग्ल्यान्डको विष्फोटक शैलीलाई निरन्तरता दिँदै सानदार ब्याटिङ गरेका ज्याक क्रली दोहोरो शतक बनाउन चुकेका थिए । उनी क्यामरन ग्रनीको बलमा बोल्ड आउट भए ।

त्यस्तै जो रुट ९५ बलमा ८ चौका र १ छक्कासहित ८४, बेन डकेट १ र मोईन अली ५४ रनमा आउट भए । ह्यारी ब्रुक १४ र बेन स्टोक्स २४ रनमा क्रिजमा छन् ।

तेस्रो विकेटका लागि ज्याक क्रली र जो रुटले २ सय ६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । अष्ट्रेलियाका मिचेल स्टार्कले दुई, जोश हेजलवुड र क्यामरन ग्रीनले समान एक विकेट लिए ।

त्यसअघि म्यानचेस्टरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया पहिलो इनिङमा ३ सय १७ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका मार्नस लाबुसेन र मिचेल मार्शले समान ५१ रन बनाए ।

ओपनर डेविड वार्नरर ३२, उस्मान खवाजा ३, स्टिभ स्मिथ ४१, ट्रविस हेड ४८, क्यामरन ग्रीन १६ र एलेक्स केरी २० रनमा आउट भए । मिचेल स्टार्क ९३ बलमा ६ चौकासहित ३६ रनमा अविजित रहे ।

इंग्ल्यान्डका क्रिस वोक्सले सर्वाधिक ५ विकेट लिए । स्टुअर्ट ब्रोडले दुई, जिमी एन्डरसन, मार्क वुड र मोईन अलीले समान एक विकेट लिए ।

पाँच टेस्ट खेलको सिरिजमा अष्ट्रेलिया २–१ ले अघि छ । अष्ट्रेलिया पहिलो र दोस्रो खेलमा २ विकेट र ४३ रनले विजयी भएको थियो । तेस्रो खेलमा इंग्ल्यान्ड ३ विकेटले विजयी भएको थियो ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.