2 years ago
July 21, 2023
एजेन्सी – कप्तान रोहित शर्मा, प्रमुख ब्याटर विराट कोहली र युवा ब्याटर यशस्वी जैसवालको अर्धशतकमा भारतले दोस्रो टेस्ट खेलमा घरेलु टोली वेस्टइन्डिजविरुद्ध मजबुत ब्याटिङ प्रदर्शन गरेको छ ।
पहिलो दिनको खेल सकिँदा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले ८४ ओभरमा ४ विकेट गुमाउँदै २ सय ८८ रन बनाएको छ ।
भारतका विराट कोहली १ सय ६१ बलमा ८ चौकासहित ८७ रनमा अविजित छन् । उनलाई रविन्द्र जडेजाले ८४ बलमा ४ चौकासहित ३६ रनमा साथ दिएका छन् ।
ओपनर यशस्वी जैसवाल र रोहित शर्माले पहिलो विकेटका लागि १ सय ३९ रनको साझेदारी गरेका थिए । जैसवाल ७४ बलमा ९ चौका र १ छक्कासहित ५७ रनमा क्याच आउट भए ।
रोहित शर्मा १ सय ४३ बलमा ९ चौका र २ छक्कासहित ८० रनमा बोल्ड आउट भए । शुभमन गिल १० र अजिंक्या रहाणे ८ रनमा आउट भए ।
वेस्टइन्डिजका केमार रोच, शेनोन गेब्रिएल, जोमेल वारिकन र जेसन होल्डरले समान एक विकेट लिए । दुई टेस्ट खेलको सिरिजमा भारत १–० ले अघि छ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]