default_image

1 year ago

July 20, 2023

इटालीमाथि आयरल्यान्डको कठिन जित

128 views

0 Bookmark

एजेन्सी – टेस्ट टोली आयरल्यान्डले आइसिसी टि२० विश्वकप युरोप छनोटको पहिलो खेलमा इटालीमाथि ७ रनको कठिन जित हात पारेको छ । जितको लागि १ सय ५९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको इटालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनायो ।

ग्यारेथ बर्ग र जियान पिएरो मीडले सर्वाधिक २६ रन बनाए । आयरल्यान्डका मार्क आदिरले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । जोश लिटिल र बेन ह्वाइटले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । आयरल्यान्डका कर्टिस क्याम्फरले ३९ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाए । ह्यारी टेक्टरले ३१ बलमा ३ चौका र २ छक्कासहित ४१, एन्डी बालबर्नी २६ र जर्ज डोकरेलले १२ रन बनाए ।

इटालीका ग्यारेथ बेर्ग र ह्यारी म्यानेन्टीले समान तीन विकेट लिए । अर्को खेलमा जर्सीले अष्ट्रियामाथि ८ विकेटको सानदार जित हात पार्यो । स्कटल्यान्डले जमर्नीसँग खेलि राखेको छ ।

युरोप क्वालिफायरमा जर्सी, आयरल्यान्ड, इटाली, अष्ट्रिया, डेनमार्क, जमर्नी र स्कटल्यान्ड छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोली २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.