default_image

1 year ago

July 20, 2023

पहिलो खेलमा पाकिस्तान विजयी

108 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर साउद शकिलको दोहोरो शतकको सहयोगमा पाकिस्तानले पहिलो टेस्ट खेलमा घरेलु टोली श्रीलंकालाई ४ विकेटले पराजित गरेको छ । योसँगै दुई टेस्ट खेलको सिरिजमा पाकिस्तानले १-० को अग्रता लिएको छ ।

जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पाकिस्तानले अन्तिम दिन पहिलो सेसनमा ३२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा इमाम उल हक ८४ बलमा ४ चौका र १ छक्कासहित ५० रनमा नट आउट रहे । अघा सलमानले आफूले सामना गरेको पहिलो बलमै छक्का हान्दै खेल सकाए ।

ओपनर अब्दुल्लाह शफिक ८, शन मसुद ७, बाबर आमज २४ र साउद सकिल ३० रनमा आउट भए । श्रीलंकाका स्पिनर प्रभाथ जयसूर्याले सर्वाधिक ४ विकेट लिएपनि जितको लागि पर्याप्त हुन सकेन ।

त्यसअघि दोस्रो इनिङमा श्रीलंका २ सय ७९ रनमा अल आउट भएको थियो । पहिलो इनिङमा १ सय ४९ रनले पछि परेको हुदा समग्रमा १ सय ३१ रनको लक्ष्य दिन पुगेको थियो । श्रीलंकाका धनन्जय डि सिल्भाले १ सय १८ बलमा १० चौका र २ छक्कासहित ८२ रनको योगदान दिए ।

निशान मदुशाका ५२, दिमुथ करुणारत्ने २०, कुशल मेन्डिस १८, दीनेश चान्डिमल २८ र रमेश मेन्डिसले ४२ रन बनाए । पाकिस्तानका दुई स्पिनर अब्रार अहमद र नौमान अलीले समान तीन विकेट लिए । शाहिन शाह अफ्रिदी र अघा सलमानले समान दुई विकेट लिए ।

पाकिस्तान पहिलो इनिङमा ४ सय ६१ रनमा अल आउट भएको थियो । समग्रमा पाकिस्तानले पहिलो इनिङमा १ सय ४९ रनको बलियो अग्रता लिएको थियो ।


पाकिस्तानको जितमा साउद सकिल ३ सय ६१ बलमा १९ चौकासहित २ सय ८ रनको दोहोरो शतकीय इनिङ खेले । उनको यो पहिलो दोहोरो शतक थियो । साउद सकिल श्रीलंकामा दोहोरो शतक हान्ने पहिलो पाकिस्तानी ब्याटर थिए । अघा समान १ सय १३ बलमा ९ चौका र १ छक्कासहित ८३ रनमा आउट भए ।

छैटौं विकेटका लागि अघा सलमान र साउद सकिलले १ सय ७७ रनको शतकीय साझेदारी गरेका थिए । नवौं विकेटका लागि साउद सकिलले नसिम शाहसँग ९४ रनको साझेदारी गरे । उक्त साझेदारीमा नसिम शाहले ७८ बलमा ६ रन जोडेका थिए ।

ओपनर अब्दुल्लाह शफिक १९, इमाम उल हक १, शन मकसुद ३९, बाबर आजम १३, शरफराज अहमद १७ र नौमान अली २५ रनमा आउट भए । श्रीलंकाका स्पिनर रमेश मेन्डिसले पाँच र प्रवथ जयसूर्याले तीन विकेट लिए ।

त्यसअघि श्रीलंका पहिलो इनिङमा दोस्रो दिन पहिलो सेसनमा ३ सय १२ रनमा अल आउट भएको थियो । श्रीलंका धनन्जय डि सल्भाले २ सय १४ बलमा १२ चैका र ३ छक्कासहित सार्वाधिक १ सय २२ रनको सानदार शतकीय इनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन । शाहिन शाह अफ्रिदी र नशिम शाह अब्रार अहमदले समान तीन विकेट लिए । दोस्रो टेस्ट सोमबार देखी सुरु हुनेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.