default_image

1 year ago

July 19, 2023

नेपालले टस हार्यो

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपमा युएई ए विरुद्ध टस हारेको छ । श्रीलंकाको पि सारा ओभल कोलोम्बोमा भएको टसमा युएई ए का कप्तान अली नासिरले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

पाकिस्तानसँग १ सय ७९ र भारतसँग १ सय ६७ रनमा अल आउट भएको थियो । नेपाल भारतसँग सुरुवाती १० ओभरमा ३७–५ को अवस्थामा थियो । पाकिस्तानविरुद्ध नेपाल सुरुवाती १० ओभरमा ४३–६ को अवस्थामा थियो । पाकिस्तानविरुद्ध सोमपाल कामीले ७५ र भारतविरुद्ध रोहित पौडेलले ६५ रन बनाउँदै नेपालको साख जोगाएका थिए ।

तर युएईविरुद्ध नेपालबाट उत्कृष्ट ब्याटिङको अपेक्षा गरेको थियो । युएईले पहिलो रोजाईको टोली पठाएको छैन । आफ्नो दोस्रो र नयाँ रोजाईका खेलाडी पठाएको छ । नेपाल पहिलो खेलमा पाकिस्तान ए सँगा ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो ।

युएई ए लाई जितको कुनै दबाब छैन । पछिल्लो समय सिनियर टोलीेले नेपालसँग लगातार हार्दै आएको छ । दबाब नेपाललाई हुनेछ ।

नेपालको प्लेइङ ११ ः

कुशल भुर्तेल, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, पवन सरार्फ , देव खनाल, गुलशन झा, श्याम ढकाल, प्रतिश जि.सी, किशोर महतो र सन्दीप जोरा

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.