default_image

1 year ago

July 18, 2023

शकिलको दोहोरो शतकमा पाकिस्तानको विशाल योगफल

164 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर साउद शकिलको दोहोरो शतकमा पाकिस्तानले पहिलो टेस्ट खेलको पहिलो इनिङमा श्रीलंकाविरुद्ध सानदार दोहोरो शतक प्रहार गरेका छन् । पाकिस्तान पहिलो इनिङमा ४ सय ६१ रनमा अल आउट भयो । समग्रमा पाकिस्तानले पहिलो इनिङमा १ सय ४९ रनको बलियो अग्रता लिएको छ ।

साउद सकिल ३ सय ६१ बलमा १९ चौकासहित २ सय ८ रनमा आउट भए । उनको यो पहिलो दोहोरो शतक हो । उनी श्रीलंकामा दोहोरो शतक हान्ने पहिलो पाकिस्तानी ब्याटर हुन् । अघा समान १ सय १३ बलमा ९ चौका र १ छक्कासहित ८३ रनमा आउट भए ।

छैटौं विकेटका लागि अघा सलमान र साउद सकिलले १ सय ७७ रनको शतकीय साझेदारी गरेका थिए । नवौं विकेटका लागि साउद सकिलले नसिम शाहसँग ९४ रनको साझेदारी गरे । उक्त साझेदारीमा नसिम शाहले ७८ बलमा ६ रन जोडेका थिए ।

ओपनर अब्दुल्लाह शफिक १९, इमाम उल हक १, शन मकसुद ३९, बाबर आजम १३, शरफराज अहमद १७ र नौमान अली २५ रनमा आउट भए । श्रीलंकाका स्पिनर रमेश मेन्डिसले पाँच र प्रवथ जयसूर्याले तीन विकेट लिए ।

त्यसअघि श्रीलंका पहिलो इनिङमा दोस्रो दिन पहिलो सेसनमा ३ सय १२ रनमा अल आउट भयो । श्रीलंका धनन्जय डि सल्भाले २ सय १४ बलमा १२ चैका र ३ छक्कासहित सार्वाधिक १ सय २२ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

एक समय ५४–४ को दयानिय अबस्थामा पुगेको श्रीलंकालाई पाँचौं विकेटका लागि अनुभवी ब्याटर एन्जिलो म्याथ्युज र धनन्जय डि सिल्भाले १ सय ३१ रनको सानदार शतकीय साझेदारीका साथ खेलमा पुारागमन गराएका थिए । एन्जिलो म्याथ्युाज १ सय ९ बलमा ९ चैका सहित ६४ रनमा आउट भए ।

सदिरा समाराविक्रमा ५७ बलमा ५ चौकासहित ३६ रनमा आउट भए । ओपनर निशान मधुशका ४, कप्तान दिमुथ करुणारत्ने २९, कुशल मेन्डिस १२ र विश्व फर्नान्डो २१ रन बनाए । शाहिन शाह अफ्रिदी र नशिम शाह अब्रार अहमदले समान एक विकेट लिए ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.