default_image

1 year ago

July 17, 2023

नेपालमाथि भारतको सहज जित

316 views

0 Bookmark

एजेन्सी – छिमेकी टोली भारत ए ले एसिसी इमर्जिङ एसिया कपमा नेपालमाथि ९ विकेटको सहज जित हात पारेको छ । भारतसँग पराजित भएसँगै नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ ।

जितको लागि १ सय ६८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले २२.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा अभिषेक शर्माले ६९ बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक ८७ रनको योगदान दिए । कप्तान रोहित पौडेलको बलमा ठूलो सट खेल्ने धुनमा अभिषेक लङअनमा कुशल मल्लबाट क्याच आउट भएपछि शतक बनाउन चुकेका थिए ।

पहिलो विकेटका लागि ओपनर साई सुदर्शन र अभिषेक शर्माले १९ ओभरमा १ सय ३९ रनको शतकीय साझेदारी गर्दै सहज जितको आधार तय गरेका थिए ।

साई सुदर्शन ५२ बलमा ८ चौका र १ छक्कासहित ५८ रनमा नट आउट रहे । त्यस्तै ध्रुब जुरेल १२ बलमा १ चौका र २ छक्कासहित २१ रनमा नट आउट रहे ।

त्यसअघि श्रीलंकाको आर प्रेमदासा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल मात्रै ३७.२ ओभरमा १ सय ६७ रनमा अल आउट भयो । पहिलो खेलमा नेपालका शीर्ष ६ ब्याटरको सम्झन लायक प्रदर्शन थिएन । दोस्रो खेलमा पनि त्यहिँ प्रदर्शनले निरन्तरता पायो । कप्तान रोहित पौडेलले ८५ बलमा ७ चौकासहित सर्वाधिक ६५ रनको योगदान दिए । अन्य कुनैपनि ब्याटरले अर्धशतकीय इनिङ खेल्न सकेनन् ।

गुलशन झा ३० बलमा २ चौका र २ छक्कासहित ३८ रनमा क्याच आउट भए । एक समय ९०–६ को दयनीय अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि रोहित र गुलशन झाले ५६ बलमा ५४ रनको साझेदारी गर्दै सम्मानजक योगफलमा पुर्याएका थिए ।

नेपालको शीर्षक्रम ब्याटिङ पुन तीव्र गतिका बलर सामु निरिह बन्यो । कोलकाताबाट आइपिएल खेलि सकेका तीव्र गतिका बलर हर्षित रानाले इनिङको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई एलबीडल्लू आउट गर्दै शून्यमा पेभेर्लिएन फर्काएका थिए ।

चेन्नई सुपर किंग्सका युवा स्टार तीव्र गतिका बल राजवर्धन हंगेगाकरको बलमा आसिफ एज लागेर विकेटकिपर ध्रुब जुरेलबाट ७ रनमा समातिन पुगे । देव खनाल टप एज लागेर अभिषेक शर्माबाट १५ रनमा क्याच आउट भए । देवले २१ बलमा ३ चौका प्रहार गरे ।

भीम सार्की हर्षित रानाको नवौं ओभरको पाँचौं बलमा एज लागेर ४ रनमा बोल्ड भएपछि नेपाल ३५-४ को खराब अवस्थामा पुगेको थियो । राजवर्धनकै दशौं ओभरको अन्तिम सर्ट बलमा कुशल मल्ल सेकेन्ड सिलिपमा शून्यमा अभिषेक शर्माबाट क्याच आउट हुन पुगेका थिए ।

एक समय १० ओभरमा ३७-५ को दयनिय अवस्थामा पुगेको नेपाललाई छैटौं विकेटका लागि रोहित र सोमपालले ५३ रनको साझेदारी गरेका थिए । सोमपाल स्पिनर मानव सुथारको बलमा स्वीप खेल्ने धुनमा १४ रनमा एलबीडब्लू आउट हुन पुगे । खराब प्रदर्शनका कारण आलोचनामा पर्दै आएका पवन सरार्फ दोस्रो खेलमा ६ रनमा आउट भए ।

भारतका स्पिनर निशान्त सिन्धुले ३.२ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए । तीव्र गतिका बलर राजवर्धन हंगागेकारले ६ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए ।

हर्षित रानाले ५ ओभरमा १ मेडनसहित १६ रन खर्चेर २ विकेट लिए । नेपालले अन्तिम खेल धुबबार युएई ए सँग खेल्नेछ । भारत २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ ।

पाकिस्तान २ खेलमा ४ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छन् । समूह बी बाट भारत र पाकिस्तान दुबै सेमिफाइनलमा पुगेका छन् ।

October 18, 2024

दीपेन्द्र प्लेयर अफ द म्याच घोषित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा प्लेयर अफ द म्याच घोषित भएका छन् । अमेरिकाको टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा घरेलु टोलीलाई पराजित गर्न सानदार प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ द म्याच भएका हुन् । ऐरीले अमेरिकाविरुद्धको खेलमा ब्याटिङ तर्फ १७ बलमा २ चौका र १ छक्काको […]

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

Success

Thank you for your time.