default_image

1 year ago

July 17, 2023

नेपालका दुबै ओपनर आउट

297 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध दुबै ओपनरलाई गुमाएको छ ।
श्रीलंकाको आर प्रेमदासा रंगशालामा भएको टसमा नेपालले जितेर पहिला ब्याटिङ रोजेको नेपालले ६ ओभरमा २ विकेट गुमाउँदै २७ रन बनाएको छ ।

नेपालका देव खनाल १५ बलमा ३ चौकासहित १३ र रोहित पौडेल क्रिजमा छन् । नेपालका ओपनर कुशल भुर्तेल भारतीय युवा तीव्र गतिका बलर हर्षित रानाको पहिलो ओभरको दोस्रो बलमै शून्यमा एलबीडब्लू आउट हुन पुगेका थिए । दोस्रो विकेटका लागि आसिफ शेख र देव खनालले २७ रनको साझेदारी गरेका थिए ।

तीव्र गतिका बल राजवर्धन हंगेगाकरको बलमा आसिफ एज लागेर विकेटकिपर धु्रब जुरेलबाट क्याच आउट भए । आसिफले १५ बलमा १ चौकासहित ७ रनमा आउट भए । राजवर्धन चेन्नई सुपर किंग्स र हर्षित कोलकाता नाइट राइडर्सबाट आइपिएल खेल्ने गर्दछन् ।

नेपालले पाकिस्तानसँगको खेलबाट टोलीमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर किशोर महतो र देव खनाललाई आजको खेलमा मैदान उतारेको छ । नेपालले पाकिस्तानसँगको खेलबाट अर्जुन साउद र प्रतिश जि.सीलाई बेन्चमा राखेको छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.