default_image

1 year ago

July 17, 2023

नेपालको प्लेइङ ११ मा दुई परिवर्तन

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध टस जितेर टोलीमा दुई परिवर्तन गरेको छ । श्रीलंकाको आर प्रेमदासा रंगशालामा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले पाकिस्तानसँगको खेलबाट टोलीमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर किशोर महतो र देव खनाललाई आजको खेलमा मैदान उतारेको छ । नेपालले पाकिस्तानसँगको खेलबाट अर्जुन साउद र प्रतिश जि.सीलाई बेन्चमा राखेको छ ।

नेपालले विकेटकिपर अर्जुन साउदलाई विश्राम दिएको छ । युवा ब्याटर देव खनाललाई मौका दिएको छ । देवले तेस्रो नम्बरमा ब्याटिङ गराउनेछ । नेपालबाट १० ओडिआई खेलमा २ अर्धशतक प्रहार गरेका देव गतवर्ष भदौमा केन्या भ्रमणपछि पहिलो पटक मौका पाएका हुन् । देव ठूलो सम्भावना बोकेका युवा ब्याटर हुन् । यस खेलमा राम्रो गर्न सके उनले नियमित रुपमा मौका पाउन सक्छन् ।

उता प्रतिश जि.सीलाई विश्राम दिएको छ । किशोर महतोलाई उनको स्थानमा मौका दिएको छ । किशोरबाट नेपाल डेथ ओभरमा उत्कृष्ट प्रदर्शन चाहन्छ । कप्तान रोहितले अन्य परिवर्तन भने गरेको छैनन् ।

नेपालको प्लेइङ ११ :

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, पवन सरार्फ , देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, ललित राजवंशी र किशोर महतो ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.