default_image

1 year ago

July 17, 2023

धनन्जयको शतकमा श्रीलंकाको मध्यम योगफल

128 views

0 Bookmark

एजेन्सी– मध्यक्रमका ब्याटर धनन्जय डि सल्भाको शतकमा घरेलु टोली श्रीलंकाले पाकिस्तानविरुद्ध पहिलो टेस्टको पहिलो इन्ङिसमा मध्यम योागफल बनाएको छ । श्रीलंका पहिलो इनिङमा दोस्रो दिन पहिलो सेसनमा ३ सय १२ रनमा अल आउट भयो ।

श्रीलंका धनन्जय डि सल्भाले २ सय १४ बलमा १२ चैका र ३ छक्कासहित सार्वाधिक १ सय २२ रनको सानदार शतकीय इनिङ खेले । उनको यो टेस्ट करिअरको १० औं शतक हो । उनी तीव्र गतिका बलर नशिम शाहको बलमा शान मशुदबाट क्यााच आउट हुन पुगेका थिए ।

एक समय ५४–४ को दयानिय अबस्थामा पुगेको श्रीलंकालाई पाँचौं विकेटका लागि अनुभवी ब्याटर एन्जिलो म्याथ्युज र धनन्जय डि सिल्भाले १ सय ३१ रनको सानदार शतकीय साझेदारीका साथ खेलमा पुारागमन गराएका थिए ।

एन्जिलो म्याथ्युाज १ सय ९ बलमा ९ चैका सहित ६४ रनमा स्पिनर अब्रार अहमदको बलमा विकेटकिपर शरफराज अहमदबाट क्याच आउट भए ।

सदिरा समाराविक्रमा ५७ बलमा ५ चौकासहित ३६ रनमा आउट भए । ओपनर निशान मधुशका ४, कप्तान दिमुथ करुणारत्ने २९, कुशल मेन्डिस १२ र विश्व फर्नान्डो २१ रन बनाए ।

त्यसअघि गाले इन्टरनेशनल स्टेडियममा टस हारेर बलिङको निम्तो पाएको पाकिस्तानलाई तीब्र गतीका बलर शाहिन शाहा अफ्रीदीले खेलको पहिलो दिनमै प्रमुख ३ ब्याटर आउट गर्दै सानदार सुरुवात दलाएका थिए ।

शाहिन शाहा अफ्रिदीले २४ ओभरमा ३ मेडेन सहित ८६ रन खर्चिदै ३ विकेट लिए । नशिम शाह २२ ओभरमा २ मेडेन सहित ९० रन दिएर ३ विकेट हात पारे । अब्रार अहमदले ३१.२ ओभरमा ९ मेडेन सहित ६८ रन खर्चेर ३ विकेट लिए । अगा सलमानको नाममा १ विकेट रहयो ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.