2 years ago
July 15, 2023
एजेन्सी – भारतले आगमी सेप्टेम्बर र अक्टोबरमा चीनमा हुने १९ औं एसियाली खेलकुद खेल्ने क्रिकेट टोली घोषणा गरेको छ । भारतले युवा ब्याटर ऋतुराज गायकवाडको कप्तानीमा टोेली घोषणा गरेको हो । भारतले आफ्नो दोस्रो रोजाईको टोली एसियाली खेलकुदमा पठाउने भएको छ ।
यस सिजनको आइपिएलमा कोलकाता नाइट राइडर्सबाट सानदार प्रदर्शन गरेका रिंकु सिंह टोलीमा छन् । रिंकुले गुजरात टाइटन्सका यश दयाललाई अन्तिम ओभरमा लगातार ३१ रन प्रहार गर्दै टोलीको जित पक्का गराएका थिए ।
बायाँ हाते ब्याटर रिंकु फिनिसर हुन् । त्यस्तै पन्जाब किंग्सबाट उत्कृष्ट प्रदर्शन गरेका विकेटकिपर प्रभसिम्रन सिंहलाई पनि भारतले मौका दिएको छ ।
प्रतियोगिता आगमी सेप्टेम्बर १९ देखी अक्टोबर ८ सम्म जेजिंग युनिभर्सिटी अफ टेक्नोलोजी पिंगफेंग क्रिकेट फिल्डमा हुनेछ । प्रतियोगिता टि२० शैलीमा हुनेछ ।
आगमी अक्टोबर ५ देखी भारतमा एकदिवसीय विश्वकप सुरु हुँदैछ । त्यसैको कारण भारतले आफ्नो विश्वकप टोलीमा नहुने खेलाडीलाई एसियाली खेलकुदमा पठाउने भएको हो । यस प्रतियोगिता नेपालले पनि खेल्नेछ ।
भारतको टोली :
ऋतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक बर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर), वासिन्टन सुन्दर, शाहजाद अहमद, रवि विश्रोई, आवेश खान, अर्शदीप सिंह, मुकेश कुमार, शिवम माभी, शिवम दुबे र प्रभशिम्रन सिंह (विकेटकिपर) ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]