default_image

2 years ago

July 15, 2023

जैसवाल र आश्विनको उत्कृष्ट प्रदर्शनमा भारत इनिङ अन्तरले विजयी

268 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते युवा ब्याटर यशस्वी जैसवालको सानदार शतक र रविचन्द्रन आश्विनको घातक बलिङको सहयोगमा भारतले पहिलो टेस्ट खेलमा वेस्टइन्डिजलाई १ सय ४१ रनको इनिङ अन्तरले पराजित गरेको छ । योसँगै दुई टेस्ट खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ ।

दोस्रो इनिङमा वेस्टइन्डि मात्रै १ सय ३० रनमा अल आउट भएपछि तेस्रो दिननै पराजित भएको हो । वेस्टइन्डिजका लागि एलिक एथानाजेले २८ र जेसन होल्डरले २० रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । भारतका स्पिनर रविचन्द्रन आश्विनले सर्वाधिक ७ विकेट लिए । रविन्द्र जडेजाले २ विकेट लिए ।

त्यसअघि भारतले पहिलो इनिङमा ४ सय २१ रन बनाउन ५ विकेट गुमाएको अवस्थामा इनिङ घोषणा गरेको थियो । भारतको जितमा डेब्यू गरेका युवा बायाँ हाते ब्याटर यशस्वी जैसवालले ३ सय ८७ बलमा १६ चौका र १ छक्कासहित १ सय ७१ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

उनी नै खेलको प्लेयर अफ द म्याच चुनिए । त्यस्तै रोहित शर्मा २ सय २१ बलमा १० चौका र २ छक्कासहित १ सय ३ रनमा आउट भए । विराट कोहली १ सय ८२ बलमा ५ चौकासहित ७६ रनमा आउट भए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिज ६४.३ ओभरमा १ सय ५० रनमा अल आउट भयो । वेस्टइन्डिजका लागि एलिक एथानाजेले ९९ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४७ रन बनाए ।

भारतका रविचन्द्रन आश्विनले पाँच विकेट लिए । रविन्द्र जडेजाले तीन, शार्दुल ठाकुर र मोहम्मद शिराजले समान एक विकेट लिए । वेस्टइन्डिजले घरेलु मैदानमा दुई टेस्ट, तीन ओडिआई र पाँच टि२० आई खेलको सिरिज भारतसँग खेल्नेछ । दोस्रो टेस्ट २० जुलाईदेखी सुरु हुनेछ ।

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.