1 year ago
July 14, 2023
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको छ । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ए ले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
पाकिस्तानका ओपनर हसिबउल्लाह खान १२, सैम अयुब २४ र ओमैर बिन युसुफ ३६ रनमा आउट भए । त्यस्तै मोहम्मद तयाब ताहिर ५१ रनमा आउट भए । मोहम्मद हरिस ९ रनमा क्याच आउट भए । कमरन २६ बलमा ३१ रनमा आउट भए ।
नेपालका स्पिनर ललितनारायण राजवंशीले ८.५ ओभरमा ५० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । त्यस्तै पवन सरार्फले ५ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । कुशल मल्लको नाममा एक विकेट रह्यो ।
त्यसअघि श्रीलंकाको कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा १ सय ७९ रनमा अल आउट हुन पुगेको थियो । नेपालका लागि अलराउन्डर सोमपाल कामीले १ सय १ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनको एक उत्कृष्ट इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् ।
एक समय १५.४ ओभरमा ७२–८ को दयनीय अवस्थामा पुगेको नेपाललाई प्रतिश जि।सी र सोमपाल कामीले ५८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । युवा बलर प्रतिशले २४ बलमा १ चौका र २ छक्कासहित २६ रन जोडे । सोमपालले अन्तिम विकेटका लागि ललित नारायण राजवंशीसँग ४९ रनको साझेदारी गरेका थिए । ललित १० बलमा एक रनमा नट आउट रहे ।
कुशल मोहम्मद वासिम जुनियरको बलमा बोल्ड हुँदै १८ बलमा २ चौका र १ छक्का प्रहारका साथ पेभेलिएन फर्किए । अर्जुन साउद र कुशल मल्लले समान १७ रन बनाएका थिए । पाकिस्तानको सिनियर टोलीबाट खेली सकेका तीव्र गतिका बलर शाहनबाज दाहानीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेललाई एक रनमा बोल्ड गर्दै पाकिस्तानलाई पहिलो सफलता दिलाए ।
दाहानीकै चौथो ओभरको अन्तिम बाउन्सर बलमा एज लागेर आसिफ शेख १२ रनमा क्याच आउट भए । जुनियरको पाँचौं ओभरको पाँचौं बलमा कप्तान रोहित पौडेल लेग साइडको बलमा एज लागेर विकेटकिपर मोहम्मद हरिसबाट ४ रनमा समातिन पुगेका थिए ।
जुनियरले भीम सार्कीलाई शून्यमा बोल्ड आउट गरे । जुनियरको बाउन्सर बलमा अर्जुन साउद स्क्वायर लेगमा १७ रनमा क्याच आउट भएपछि नेपाल ७.४ ओभरमा ३७–५ को दयनीय अवस्थामा पुगेको थियो । अर्जुनले २० बलमा २ चौका र १ छक्का प्रहार गरे । पवन सरार्फ दाहानीकै बलमा एक रनमा क्याच आउट हुन पुगे ।
पाकिस्तानको जितमा शाहनबाज दाहानीले १० ओभरमा ३ मेडनसहित ३८ रन खर्चेर ५ विकेट लिए । मोहम्मद वासिम जुनियरले १० ओभरमा १ मेडनसहित ५१ रन खर्चेर ४ विकेट लिए । नेपालले दोस्रो खेल सोमबार भारत ए सँग खेल्नेछ । तेस्रो खेल बुधबार युएई ए सँग खेल्नेछ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]