default_image

1 year ago

July 14, 2023

रुविनालाई गृह जिल्लामा सम्मान

189 views

0 Bookmark

हिमाल खरेल, मेचीनगर

नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेलाई भानु जयन्तीको अवसर पारेर भानु साहित्यिक प्रतिष्ठानले गृह जिल्ला झापामा सम्मान गरेको छ ।

भानु साहित्यिक प्रतिष्ठानले २१० औँ भानु जयन्तीको अवसरमा शुक्रबार काँकरभिट्टामा एक कार्यक्रम आयोजना गदै रुविनासहित चार जनालाई सम्मान गरेको हो ।

कप्तान रुविनासहित, नेपाल खेलकुद पत्रकार मञ्च झापाकी सहसचिव भूमिका फियाक लिम्बू, साहित्यकार लक्ष्मी अच्युत ढुंगाना र ज्येष्ठ नागरिक वडा समिति मेचीनगर–६ लाई नगदसहित सम्मान गरिएको हो ।

मेचीनगर निवासी कप्तान क्षेत्री र खेल पत्रकार लिम्बूलाई भानु प्रतिभा पुरस्कारबाट सम्मान गरिएको थियो । क्षेत्रीलाई २१ हजार र लिम्बूलाई ११ हजार नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

प्रतिष्ठानका कार्यावाहक अध्यक्ष डिल्लीराम घिमिरेले क्षेत्रीलाई नेपाली खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै र लिम्बूलाई सञ्चार क्षेत्रमार्फत समाज परिवर्तनमा भूमिका खेलेको भन्दै सम्मान गरेको बताए ।

त्यस्तै, प्रतिष्ठानले हेमराज–मेदनी खरेल पुरस्कारबाट साहित्यकार लक्ष्मी अच्युत ढुंगानालाई सम्मान गरेको छ । ज्येष्ठ नागरिक वडा समिति मेचीनगर–६ लाई कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान पुरस्कारबाट सम्मान गरियो । दुवै पुरस्कारको राशि ११ हजार रुपैयाँ थियो ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.