default_image

1 year ago

July 14, 2023

सोमपालको सानदार ब्याटिङमा नेपालको साख जोगियो

218 views

0 Bookmark

एजेन्सी – अलराउन्डर सोमपाल कामीको सानदार ब्याटिङमा नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा पाकिस्तानलाई १ सय ८० रनको मध्यम लक्ष्य दिएको छ । कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा १ सय ७९ रनमा अल आउट भयो ।

नेपालका सोमपाल कामीले १ सय १ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए । एक समय १५.४ ओभरमा ७२-८ को दयनीय अवस्थामा पुगेको नेपाललाई प्रतिश जि.सी र सोमपाल कामीले ५८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

प्रतिश २४ बलमा १ चौका र २ छक्कासहित २६ रनमा क्याच आउट भए । सोमपालले अन्तिम विकेटका लागि ललित नारायण राजवंशीसँग ४९ रनको साझेदारी गरेका थिए । ललित १० बलमा एक रनमा नट आउट रहे ।

एक समय ९.१ ओभरमा ३९–६ को दयनीय अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि गुलशन झा र कुशल मल्लले २८ रनको साझेदारी गरेका थिए । कुशल मोहम्मद वासिम जुनियरको बलमा बोल्ड हुँदै १८ बलमा २ चौका र १ छक्का प्रहारका साथ पेभेलिएन फर्किए । अर्जुन साउद र कुशल मल्लले समान १७ रन बनाएका थिए ।

नेपालले पहिलो ओभरमै जुनियरलाई तीन चौका प्रहार गर्दै राम्रो सुरुवात गरेको थियो । तर पहिलो ओभरपछि नेपालको प्रदर्शन सम्झन लायक थिएन । तीव्र गतिका बलर शाहनबाज दाहानीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेललाई एक रनमा बोल्ड गर्दै पाकिस्तानलाई पहिलो सफलता दिलाए ।

दाहानीकै चौथो ओभरको अन्तिम बाउन्सर बलमा एज लागेर आसिफ शेख १२ रनमा क्याच आउट भए । जुनियरको पाँचौं ओभरको पाँचौं बलमा कप्तान रोहित पौडेल लेग साइडको बलमा एज लागेर विकेटकिपर मोहम्मद हरिसबाट ४ रनमा समातिन पुगेका थिए ।

जुनियरले भीम सार्कीलाई शून्यमा बोल्ड आउट गरे । जुनियरको बाउन्सर बलमा अर्जुन साउद स्क्वायर लेगमा १७ रनमा क्याच आउट भएपछि नेपाल ७.४ ओभरमा ३७–५ को दयनीय अवस्थामा पुगेको थियो । अर्जुनले २० बलमा २ चौका र १ छक्का प्रहार गरे ।

पवन सरार्फ दाहानीकै बलमा एक रनमा क्याच आउट हुन पुगे । गत वर्ष खराब प्रदर्शनका साथ टोलीबाट बाहिरिएका पवनले पुन अर्को मौकाको फाइदा उठाउन सकेनन् ।

पाकिस्तानका शाहनबाज दाहानीले १० ओभरमा ३ मेडनसहित ३८ रन खर्चेर ५ विकेट लिए । मोहम्मद वासिम जुनियरले १० ओभरमा १ मेडनसहित ५१ रन खर्चेर ४ विकेट लिए ।

October 18, 2024

दीपेन्द्र प्लेयर अफ द म्याच घोषित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा प्लेयर अफ द म्याच घोषित भएका छन् । अमेरिकाको टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा घरेलु टोलीलाई पराजित गर्न सानदार प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ द म्याच भएका हुन् । ऐरीले अमेरिकाविरुद्धको खेलमा ब्याटिङ तर्फ १७ बलमा २ चौका र १ छक्काको […]

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

Success

Thank you for your time.