2 years ago
July 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो साता नेपाललाई एसिसी यू१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता उपाधि जिताउन राम्रो प्रदर्शन गरेका युवा ओपनर सुर्यांशु कोइरालालाई जिल्ला क्रिकेट संघ चितवनले सम्मान गरेको छ ।
सुर्यांशुलाई उनको गृह जिल्ला चितवन जिल्ला क्रिकेट संघले बुधबार राजधानीमा आयोजित कार्यक्रममा नगद २५ हजार सहित सम्मान गरेको हो ।
प्रतियोगितामा सुर्यांशुले नेपाल यू १६ बाट सबै चार खेल खेलेका थिए । नेपाललाई अपराजित रहँदै उपाधि जिताउन उनले १ सय १२ रन बनाएका थिए ।
उनले सेमिफाइनलमा इन्डोनेसियाविरुद्ध नेपालबाट सर्वाधिक ४३ रनको योगदान दिएका थिए । त्यस्तै फाइनलमा मलेसियाविरुद्ध उनले १८, समूह चरणमा थाइल्यान्डविरुद्ध ४० र मलेसियाविरुद्ध २९ रन बनाउँदै आउट भएका थिए । सबै खेलमा राम्रो सुरुवात दिएपनि ठूलो इनिङ खेल्न चुकेका थिए ।
नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंह, सदस्य प्रशान्तविक्रम मल्ल, चितवन जिल्ला क्रिकेट संघका उपाध्यक्ष उमेश पिया, सदस्यहरु उत्सव श्रेष्ठ र राजु गुप्ताले सुर्यांशुलाई सम्मान गरेका थिए ।
सुर्यांशुका व्यवस्तताका कारण काठमाडौंमा कार्यक्रम गर्नु परेको चितवन जिल्ला क्रिकेट संघका उपाध्यक्ष पियाले जनाए । भारतको भोपालमा क्रिकेट स्कुलमा पढ्दै आएका सुर्यांशु केही दिनमा त्यसतर्फ लाग्नेछन् ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]