1 year ago
July 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल र करण केसीलाई एक सातापछि श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि टोलीमा विश्राम दिएको छ । रोहित पौडेलको कप्तानीमा घोषणा टोलीमा नेपालले युवा खेलाडीलाई मौका दिदै ज्ञानेन्द्र र करण केसीलाई विश्राम दिएको छ ।
जिम्बावेमा विश्वकप छनोटमा करण केसीले उत्कृष्ट प्रदर्शन गरेका थिए । नयाँ बलका साथ सानदार प्रदर्शन गरेका करणले ६ खेलमा १२ विकेट लिएका थिए । अमेरिकाविरुद्ध पावर प्लेमै ४ विकेट लिँदै सनसनी मच्चाएका थिए । उता सोमपाल भने टोलीमा फर्किएका छन् । सोमपाल जिम्बावेसँगको खेलको क्रममा घाइते भएपछि बाँकी खेल गुमाएका थिए ।
करण नहुँदा नेपालको तीव्र गतिको बलिङ आक्रामण किशोर महतो, सोमपाल कामी, प्रतिश जि.सी र गुलशन झाले सम्हाल्नेछन् । त्यस्तै अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल पनि नेपालको टोलीमा छैनन् । ज्ञानेन्द्रले गत मार्चपछि पहिलो पटक विश्वकप छनोटमा युएई र आयल्यान्डसँग खेल्ने मौका पाएका थिए ।
ज्ञानेन्द्रले युएईसँग १३ र आयरल्यान्डसँग ७ रनमा आउट भएका थिए । देव खनाल र सन्दीप जोरालाई मौका दिएको छ । नेपालले तेस्रो नम्बरमा देव खनाललाई मौका दिने सम्भावना छ । देव गतवर्ष भदौंपछि नेपाली टोलीमा फर्किएका हुन् ।
प्रतियोगिता १३ जुलाई देखी २३ जुलाई सम्म श्रीलंकामा हुनेछ । नेपाल समूह बी मा छ । नेपाल, युएई, पाकिस्तान र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन् । पाँच टेस्ट टोलीको भने यू२३ को टोली आउने छन् । एसिएट टोलीले भने आफ्नो पहिलो रोजाईका खेलाडी पठाउनेछन् ।
नेपालले १४ जुलाईमा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल १७ जुलाई मा भारत ए सँग खेल्नेछ । नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ । यदि शीर्ष दुईमा रहन सके नेपालले २१ जुलाईमा सेमिफाइनल खेल्नेछ । फाइनल २२ जुलाईमा हुनेछ ।
नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि.सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]