default_image

1 year ago

July 7, 2023

वुडको गतिसामु निरिह अष्ट्रेलिया!

207 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर मार्क वुडको गति सामु सम्हाल्लिन नसक्दा अष्ट्रेलिया विश्वको चर्चित एशेज सिरिजको तेस्रो खेलको पहिलो इनिङमा सस्तैमा आउट भएको छ । लिड्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया पहिलो इनिङमा २ सय ६३ रनमा अल आउट भयो ।

टोलीमा लामो समयपछि पूनरागमन गरेका मिचेल मार्शले १ सय १८ बलमा १७ चौका र ४ छक्कासहित १ सय १८ रनको सानदार शतकीय इनिङ खेले । तर उनी बाहेक अन्य कुनैपनि अष्ट्रेलियन ब्याटरले राम्रो ब्याटिङ गर्न सकेनन् ।

ट्रविस हेड ७४ बलमा ५ चौकासहित ३९ रनमा आउट भए । एक समय अष्ट्रेलिया ८५–४ को दयनीय अवस्थामा पुगेको थियो । तर पाँचौं विकेटका लागि मिचेल मार्श र हेडले १ सय ५५ रनको साझेदारी गरेपछि खेलमा फर्किएको थियो ।

मार्श क्रिस वोक्सको बलमा ज्याक क्रलीबाट आउट भए । एक समय ५२ ओभरमा २४०-४ को मजबुत अवस्थामा भएको अष्ट्रेलिया वुडको गतिमा उड्दा नाटकीय रुपमा विकेट गुमाएको थियो । अन्तिम २३ रन जोड्दा अष्ट्रेलियाले ६ विकेट गुमाएको थियो । अन्तिम ६ मध्य ४ विकेट मार्क वुडले लिएका थिए ।

मार्क वुडको प्रतिघण्टा १ सय ५६ किलोमिटरको गतिमा बलिङ गरेका थिए । उनको गतिको चाल नपाउँदा अष्ट्रेलियाले नाटकीय रुपमा विकेट उडाउन पुग्यो । वुडले एलेक्स केरीलाई ८ रनमा क्याच गराए । प्याट कमिन्सलाई शून्यमा एलबीडब्लू आउट गर्दा मिचेल स्टार्कलाई २ र टोड मर्फीलाई १३ रनमा बोल्ड गरेका थिए ।

इंग्ल्यान्डको टोलीमा पूनरागमन गरेका मार्क वुडले ११.४ ओभरमा ४ मेडनसहित ३४ रन खर्चेर ५ विकेट लिए । क्रिस वोक्सले तीन र स्टुअर्ट ब्रोडले दुई विकेट लिए ।

इंग्ल्यान्ड १९ ओभरमा ६८–३ को अवस्थामा पहिलो दिनको खेल सकिएको छ । इंग्ल्यान्ड पहिलो इनिङमा १ सय ९५ रनले पछिछ । जो रुट १९ र जोनी बेयरस्टो १ रनमा क्रिजमा छन् ।

ओपनर ज्याक क्रली ३३, बेन डकेट २ र ह्यारी ब्रुक ३ रनमा आउट भए । पाँच खेलको सिरिजमा अष्ट्रेलिया २-० ले अघि छ । एशेज सिरिज जित्न घरेलु टोली इंग्ल्यान्डलाई बाँकी तीनै खेल जित्नुपर्ने दबाब छ ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.