default_image

1 year ago

July 6, 2023

सानदार जित निकाल्दै नेदरल्यान्ड्स विश्वकपमा

186 views

0 Bookmark

एजेन्सी – बास डि लिडेको अद्धभूत अलराउन्ड प्रदर्शनमा नेदरल्यान्ड्सले आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा स्कटल्यान्डलाई चार विकेटले हराउँदै विश्वकपमा स्थान बनाएकोछ ।

समान ६ अंक भएपनि नेदरल्यान्ड्सले नेटरनरेटको कारण जिम्बावे र स्कटल्यान्डलाई पछि पार्दै विश्वकपमा स्थान बनाएको हो । नेदरल्यान्ड्स २०११ पछि पहिलो पटक विश्वकपमा पुगेको हो । जितको लागि २ सय ७८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

विश्वकपमा पुग्न उक्त लक्ष्य ४४ ओभर भित्र पूरा गर्नुपर्ने थियो । तर ७ बल अघिनै पूरा गर्दै विश्वकपमा स्थान बनायो । विश्वकपमा पुग्न अन्तिम २४ बलमा ४५ रन चाहिँएको थियो । ४१ औं ओभरमा स्पिनर मार्क वाटलाई तीन छक्कासहित कुल २२ रन जोडेपछि विश्वकप यात्रा सहज बनेको थियो ।

नेदरल्यान्ड्सको जितमा बास डि लिडेले ९२ बलमा ७ चौका र ५ छक्कासहित १ सय २३ रनको सानदार शतकीय इनिङ खेले । टोलीलाई जितको लागि दुई रन चाहिँदा उनी रन आउट भएका थिए । उनको यो करिअरको पहिलो शतक हो ।

त्यस्तै सकिब जुलफिकर ३२ बलमा ३ चौका र १ छक्कासहित३३ रनमा नट आउट रहे । छैटौं विकेटका लागि लिडे र जुलफिकरले ६९ बलमा १ सय १३ रनको सानदार शतकीय साझेदारीका साथ विश्वकपमा स्थान पक्का गराए ।

नेदरल्यान्ड्सलाई ओपनर विक्रमजित सिंह र म्याक्स ओडाउडले पहिलो विकेटका लागि १२.४ ओभरमा ६५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

स्पिनर माइकल लिस्कले ओपनर ओडआउडलाई २० रनमा एलबीडब्लू आउट गर्दै साझेदारी तोडे । उनले लिस्कले विक्रमजित सिंहलाई ४० रनमा एलबीडब्लू आउट गर्दै खेलमा फर्काउन खोजेका थिए । विक्रमजित सिंह ४९ बलमा ६ चौका प्रहार गरे ।

वेस्ली ब्यारेसी ११ र तेजा निडामानिरुले १० रन बनाए । एक समय नेदरल्यान्ड्स २३.३ ओभरमा १०८-४ को अवस्थामा थियो । पाँचौं विकेटका लागि कप्तान स्कट एडवार्ड्स र बास डि लिडेले ४५ बलमा ५५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

एडवार्ड्स स्पिनर मार्क वाटको बलमा एलबीडब्लू आउट भए । उनको हातमा लागेपनि स्कटल्यान्डले रिभ्यु लिदै पेभेलिएन फर्काएको थियो । स्कटले २३ बलमा ३ चौकासहित २५ रन बनाए ।

स्कटल्यान्डका माइकल लिस्कले सर्वाधिक दुई विकेट लिए । ब्रेन्डन म्याकमुलेन, मार्क वाट र क्रिस ग्रेभ्सले एक एक विकेट लिए ।

त्यसअघि जिम्बावेको क्विन्स स्पोर्ट्स क्लब बुलावायोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७७ रन बनाएको थियो । उक्त योगफल जितको लागि पर्याप्त हुन सकेन ।

स्कटल्यान्डका २३ वर्षीय अलराउन्डर ब्रेन्डन म्याकमुलेनले १ सय १० बलमा ११ चौका र ३ छक्कासहित १ सय ६ रनको सानदार शतकीय इनिङ खेलेपनि टोलीको हार भने टार्न सकेनन् ।

कप्तान रिची बंरिंग्टन ८४ बलमा ३ चौका र २ छक्कासहित ६४ रनमा आउट भए । टम मार्किन्टस २८ बलमा ५ चौकासहित ३८ रनमा नट आउट रहे । अन्य ब्याटरले भने राम्रो गर्न सकेनन् । ओपनर क्रिस म्याकब्राइड ३२, म्याथ्यु क्रस डक, जर्ज मुन्शे ९, माइकल लिस्क १ र क्रिस ग्रेभ्स १८ रनमा आउट भए ।

नेदरल्यान्ड्सको जितमा तीव्र गतिका बलर बास डि लिडेले १० ओभरमा ५२ रन खर्चेर ५ विकेट लिए । रायन केलिनले दुई र लोगन भान बिकले एक विकेट लिए । विश्वकप छनोटबाट श्रीलंका र नेदरल्यान्ड्स विश्वकपमा पुगेका छन् ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.