default_image

1 year ago

July 6, 2023

नेदरल्यान्ड्सले महत्वपूर्ण टस जित्यो

147 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप छनोट अन्तर्गत सुपर सिक्स खेलमा विश्वकपमा पुग्न निर्णायक खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डविरुद्ध निकै महत्वपूर्ण टस जितेको छ । बुलावायोमा सम्पन्न टसमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

दुबै टोलीले कुनैपनि खेलाडी परिवर्तन गरेका छैनन् । आजको विजेता टोली विश्वकपमा पुग्ने समिकरण छ । स्कटल्यान्ड ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । नेदरल्यान्ड्स ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ ।

स्कटल्यान्ड विजयी हुँदा ८ अंकका साथ विश्वकपमा पुग्नेछ । नेदरल्यान्ड्स विजयी हुँदा नेनरनरेटमा माथि रहँदै विश्वकपमा पुग्ने देखिन्छ । नेदरल्यान्ड्सको जितको अन्तर भने केहि फराकिलो हुनुपर्छ । अन्यथा नेदरल्यान्ड्स जितको बाबजुद विश्वकपमा नपुग्न सक्छ ।

नेदरल्यान्ड्सको नेटरनरेट माइनस ०।०९९ र स्कटल्यान्डको प्लस ०।२६९ छ । नेदरल्यान्ड्स विश्वकपमा पुग्न झिनो अन्तर भने पर्याप्त नहुनसक्छ ।

स्कटल्यान्ड चौथो पटक विश्वकपमा पुग्न चाहन्छ । स्कटल्यान्डले १९९९, २००७ र २०१५ मा एकदिवसीय विश्वकप खेलेको थियो । नेदरल्यान्ड्सले १९९६, २००३, २००७ र २०११ मा विश्वकप खेलेको थियो । नेदरल्यान्ड्स १२ वर्ष र स्कटल्यान्ड ८ वर्षपछि विश्वकप खेल्ने सोचमा छन् ।

स्कटल्यान्डले समूह चरणमा आयरल्यान्डलाई एक विकेट, युएईलाई १ सय ११ र ओमानलाई ७६ रनले पराजित गरेको थियो । श्रीलंकासँग ८२ रनले पराजित भएको थियो । सुपर सिक्समा जिम्बावेलाई ३१ रन र वेस्टइन्डिजलाई ७ विकेटले हराउँदै विश्वकप नजिक पुगेको हो ।

उता नेदरल्यान्ड्सले समूह चरणमा अमेरिकालाई ५ विकेट, नेपाललाई ७ विकेट र वेस्टइन्डिजलाई सुपर ओभरमा हराएको थियो । जिम्बावेसँग ६ विकेटले पराजित हुन पुगेको थियो । सुपर सिक्समा श्रीलंकासँग २१ रनले पराजित हुँदा ओमानलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७४ रनले हराएको थियो ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.