default_image

1 year ago

July 5, 2023

किंगको शतकमा वेस्टइन्डिजलाई सुपर सिक्समा पहिलो अंक

193 views

0 Bookmark

एजेन्सी – ओपनर ब्रेन्डन किंगको शतकमा वेस्टइन्डिजले एकदिवसीय विश्वकप छनोटको सुपर सिक्स खेलमा ओमानमाथि ७ विकेटको सहज जित हात पारेको छ । विश्वकप दौडबाट बाहिरि सकेको वेस्टइन्डिजले सुपर सिक्समा पहिलो अंक बटुलेको हो ।

जितको लागि २ सय २२ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले ३९.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । वेस्टइन्डिजका ओपनर ब्रेन्डन किंगले १ सय ४ बलमा १५ चौकासहित १ सय रनको शतकीय इनिङ खेले । ओपनर जोनसन चाल्र्सलाई कलिमुल्लाहले ४ रनमै बोल्ड गरेका थिए ।

केसी कार्टी ४९ बलमा ३ चौकासहित २९ रनमा रन आउट भए । कप्तान शाई होप ६५ बलमा ४ चौका र २ छक्कासहित ६३ रनमा आउट भए । निकोलस पुरन १४ बलमा २ चौका र १ छक्कासहित १९ रनमा नट आउट रहे । ओमानका बिलाल खान र कलिमुल्लाहले समान एक विकेट लिए ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २१ रन बनाएको थियो । ओमानका सुरज कुमार ६५ बलमा ५ चौका र १ छक्कासहित ५३ रनमा अविजित रहे । सुरज नेपाली मुलका खेलाडी हुन् । सुरजको पुख्यौली घर बाग्लुङ हो ।

शोएब खान ५४ बलमा ५ चौका र १ छक्कासहित ५० रनमा रन आउट भए । मोहम्मद नदिम २०, आयन खान ३०, कप्तान अकिब इलियास १, जतिन्दर सिंह ८ र कश्याप प्रजापति ३१ रनमा आउट भए । वेस्टइन्डिजका रोमारियो शेफर्डले १० ओभरमा १ मेडनसहित ४४ रन खर्चेर ३ विकेट लिए । कायल मेयर्स ७ ओभरमा १ मेडनसहित ३१ रन खर्चेर २ विकेट लिए ।

ओमान सुपर सिक्समा जित विहीन हुँदै छैटौं स्थानमा रहेर बाहिरिएको छ । वेस्टइन्डिजले अन्तिम खेल शुक्रबार श्रीलंकासँग खेल्नेछ । श्रीलंका एक खेल अगावै विश्वकपमा पुगेको छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.