2 years ago
July 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो चार महिनामा नेपाली क्रिकेटका तीन टोलीले अपराजित बन्दै अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । नेपाली यू१६ टोलीले मंगलबार एसिसी इस्ट जोन कपको फाइनलमा मलेसियालाई २ सय २१ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जित्यो ।
नेपालको यू-१६, यू-१९ हुँदै सिनियर टोलीले अपराजित रहँदै उपाधि जितेको संयोग बनेको हो । नेपाली यू-१९ क्रिकेट टोलीले गत फागुनमा युएईमा सम्पन्न आइसिसी विश्वकप एसिया क्षेत्र छनोटमा अपराजित रहँदै उपाधि जितेको थियो ।
उक्त यू-१९ विश्वकप छनोटमा नेपाल ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा रहँदै उपाधि जितेको थियो । उपाधिका साथ नेपाल ८ वर्षपछि २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाएको थियो ।
उक्त प्रतियोगितामा नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रन, तेस्रो खेलमा हङकङलाई ९ विकेट, चौथो खेलमा मलेसियालाई १० विकेट र अन्तिम खेलमा युएईलाई ७ रनले हराएको थियो ।
निर्णायक खेलमा युएईविरुद्ध नेपालले अविश्वसनीय जित हात पारेको थियो । युएईलाई जितको लागि अन्तिम १८ बलमा ११ रन चाहिँदा स्पिनर दीपेश कँडेलले ४८ औं ओभरको अन्तिम तीन बलमा लगातार तीन विकेट लिँदै नेपालको विश्वकप सपना पूरा गरेका थिए ।
नेपालको सिनियर टोलीले गत वैशाखमा घरेलु मैदान टियुमा उपाधि जितेको थियो । नेपालले समूह चरणमा मलेसियालाई ६ विकेट, ओमानलाई ८४ रन, कतारलाई ६८ रनले हराउँदा साउदी अरेवियासँग वर्षाको कारण खेल हुन सकेको थिएन । सेमिफाइनलमा कुवेतसँगको खेल वर्षाले रद्द हुँदा फाइनलमा युएईलाई हराएको थियो ।
उपाधि जित्दै नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग भेट पक्का गरेको थियो । नेपालले आगमी अक्टोबर नोभेम्बरमा एसिया कप खेल्नेछ । यता यू१६ टोलीले नेपालले मंगलबार इस्ट जोनको उपाधि जित्यो ।
समूह चरणमा नेपालले थाईल्यान्डलाई २ सय २५ र मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।
सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनले हराउँदै फाइनल खेलेको थियो ।
फाइनलमा मलेसियालाई हराउँदै उपाधिमा ह्याट्रिक गरेको थियो । नेपालका कुनैपनि टोलीले एक खेल हारेनन् । सबै टोली अपराजित रहँदै च्याम्पियन बनेका हुन् ।
May 1, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]
May 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]
May 1, 2025
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।