default_image

1 year ago

July 5, 2023

नरेनले तोडे यू-१६ क्रिकेटमा शतकको खडेरी

243 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नरेन भट्टले नेपाली यू-१६ क्रिकेटमा ६ वर्ष देखीको शतकको खडेरी तोडेका छन् । एसिसी इस्ट जोन कपको फाइनलमा मलेसियालाई २ सय २१ रनले हराउनेक्रममा नरेनले शतक हानेका थिए ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ५२ रन बनाएको थियो ।

नेपालका नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्कासहित १ सय १२ रनको शतकीय इनिङ खेले । जारी प्रतियोगितामा शतक हान्ने उनी नेपालको एकमात्रै खेलाडी थिए । उनी २०१७ मा रित गौतमले शतक हानेपछि नेपाली यू१६ का शतकधारी हुन् ।

कप्तान रित गौतमले म्यानमारविरुद्ध ७८ बलमा १२ चौकासहित १ सय ६ रनको शतकीय इनिङ खेलेका थिए । रितपछि अन्य कुनैपनि नेपाली यू१६ खेलाडीले शतक हानेका थिएनन् ।

रित नेपाली क्रिकेटमा यू-१६ र यू-१९ दुबैमा शतक हान्ने एक्लो खेलाडी हुन् । रितले २०१९ मा इस्टर्न रिजन क्रिकेटमा सिंगापुरविरुद्ध १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए । नेपाली यू-१६ टोलीले लगातार तेस्रो पटक उपाधि जितेको हो ।

यसअघि नेपालले थाईल्यान्डमा सम्पन्न दुई एसिसी यू-१६ इस्टर्न रिजनको उपाधि जितेको थियो । नेपालले २०१७ मा रित गौतम र २०१९ मा विशाल विक्रम केसीको कप्तानीमा यू१६ को उपाधि जितेको थियो । २०१९ को फाइनलमा नेपालले मलेसियालाई ५९ रनले हराउँदै उपाधि जितेको थियो ।

२०१७ को फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले हराउँदै उपाधि जितेको थियो । एसिसीले यसअघि यू१६ को प्रतियोगिता इस्टर्न रिजनको नामबाट आयोजना गर्दै आएको थियो । तर यस पटक भने उक्त नाम परिवर्तन गर्दै इस्ट जोन कप राखेको थियो ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.