default_image

1 year ago

July 4, 2023

स्कटल्यान्डसँग स्तब्ध हुँदा जिम्बावेको विश्वकप सपना समाप्त

293 views

0 Bookmark

जिम्बावे एजेन्सी – घरेलु टोली जिम्बावे आइसिसी विश्वकप छनोट २०२३ को सुपर सिक्स खेलमा स्कटल्यान्डसँग ३१ रनले स्तब्ध भएको छ । यो हारसँगै जिम्बावेको आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ ।

जितको लागि २ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावे ४१.१ ओभरमा २ सय ३ रनमा अल आउट भयो । जिम्बावेका रायन ८४ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ८३ रनमा आउट भए । तर त्यो जितको लागि पर्याप्त हुन सकेन ।

हातमा दुई विकेट हुँदा टिमलाई जितको लागि ११.३ ओभरमा ३८ रन चाहिँदा बर्ल क्याच आउट भएका थिए । स्पिनर माइकल लिस्कको बलमा ठूलो सट खेल्ने चक्करमा आउट भएपछि जितको सम्भावना समाप्त भएको थियो । बर्ल बलमा चौका र छक्कासहित सर्वाधिक रनमा अविजित रहे ।

त्यस्तै वेस्ली मधेभेर ३९ बलमा ३ चौका र १ छक्कासहित ४० रनमा आउट भए । जिम्बावे एक समय ३७-४ को दयनीय अवस्थामा थियो । पाँचौं विकेटका लागि सिकन्दर राजा र बर्लले ५४ रनको महत्वपूर्ण साझेदारी गरे । राजा स्पिनर क्रिस ग्रेभ्सको बलमा ठूलो सटको धुनमा ३४ रनमा आउट भए । राजाले ४० बलमा २ चौका र १ छक्का प्रहार गरे ।

छैटौं विकेटका लागि बर्लले वेस्लीसँग मिलेर मिलेर ७३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । वेस्ली स्पिनर मार्क वाटको बलमा एलबीडब्लू आउट भए । स्कटल्यान्डका तीव्र गतिका बलर क्रिस सोलले क्रेग इर्विनलाई २ र सन विलियम्सलाई १२ रनमा बोल्ड गरेपछि समस्यामा पारेका थिए ।

स्कटल्यान्डका क्रिस सोलले ७ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । ब्रेन्डन म्याकमुलेन र माइकल लिस्कले समान दुई विकेट लिए ।

त्यसअघि क्विन्स स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३४ रन बनायो । स्कटल्यान्डका माइकल लिस्क ३४ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४८ रन बनाए । मार्क वाट १५ बलमा ३ चौकासहित २१ रनमा नट आउट रहे ।

स्कटल्यान्डले सुरुवात भने उत्कृष्ट गरेको थियो । एक समय स्कटल्यान्ड १०२-१ को अवस्थामा थियो । ओपनर क्रिस म्याकब्रिड र म्याथ्यु क्रसले पहिलो विकेटका लागि १६.१ ओभरमा ५६ रनको साझेदारी गरेका थिए । म्याकब्रिड ४५ बलमा २ चौकासहित २८ तथा क्रस ७५ बलमा २ चौकासहित ३८ रनमा आउट भए ।

ब्रेन्डन म्याकमुलेन ३४ बलमा ६ चौकासहित ३४, जर्ज मुन्शे ३१, रिची बेरिंग्टन ७ र टम मार्किन्टस १३ रनमा आउट भए । जिम्बावेका सन विलियम्सले १० ओभरमा १ मेडनसहित ४१ रन खर्चेर ३ विकेट लिए । टेन्डाई चतराले ७ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए ।

जिम्बावे ५ खेलमा ३ मा जित र २ मा हारका साथ ६ अंकका साथ तेस्रो स्थानमा छ । जिम्बावेको नेटनरेट माइनस ०.०९९ छ । उता स्कटल्यान्ड ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । नेदरल्यान्ड्स ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ ।

नेदरल्यान्ड्सको नेटरनरेट माइनस ०.०४२ र स्कटल्यान्डको ०.२६९ छ । बिहीबार नेदरल्यान्ड् र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलमा स्कटल्यान्ड विजयी हुँदा सोझै विश्वकपमा पुग्नेछ । यदि स्कटल्यान्ड पराजित भएमा नेटनरेटमा माथि रहने टोली विश्वकपमा पुग्नेछ । नेदरल्यान्ड्स र स्कटल्यान्ड मध्य एक टोली विश्वकपमा पुग्नेछन् ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.