default_image

1 year ago

July 4, 2023

आयरल्यान्डविरुद्ध नेपाललाई पावर प्लेमा दुई विकेट

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानको लागि टेस्ट टोली आयरल्यान्डविरुद्ध राम्रो बलिङ सुरुवात गरेको छ । जितको लागि २ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले १० ओभरमा २ विकेट गुमाउँदै ४६ रन बनाएको छ ।

आयरल्यान्डका ह्यारी टेक्टर ११ र पल स्टर्लिङ १४ रनमा क्रिजमा छन् । तीव्र गतिका बलर करण केसीले पाँचौं ओभरको पाँचौं बलमा ओपनर एन्डी म्याकब्रिनलाई १७ रनमा प्वाइन्टमा कुशल भुर्तेलबाट क्याच आउट भए ।

उनले १९ बलमा ३ चौका प्रहार गरे । अर्को ओभरमा किशोर महतोले कप्तान एन्डी बालबर्नीलाई प्वाइन्टमै एक रनमा दीपेन्द्रबाट क्याच गराएपछि राम्रो सुरुवात गरेको हो । आफ्नो ओडिआई करिअरको दोस्रो खेल खेलेका किशोरको यो पहिलो विकेट हो ।

जिम्बावेको ताकाशिंका क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६८ रन बनाएको थियो । नेपालका गुलशन झा ४२ बलमा ४ चौका र ३ छक्कासहित ५७ रनमा नटआउट रहेका थिए ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.