default_image

1 year ago

July 4, 2023

किशोर एक वर्षपछि नेपालको प्लेइङ ११ मा

248 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा तीव्र गतिका बलर किशोर महतो एकवर्षपछि नेपालको प्लेइङ ११ मा मौका पाएका छन् । नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानको लागि आयरल्यान्डविरुद्ध किशोर महतोलाई मौका दिएको छ । नेपालले टस हारेर केहि समयमा ब्याटिङ गर्दै छ ।


नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । प्लेअफमा युएईविरुद्ध टोलीमा रहेका आरिफ शेख र प्रतिश जि.सीलाई बेन्चमा राख्दै नेपालले कुशल मल्ल र किशोर महतोलाई मौका दिएको हो । किशोर नेपाली टोलीमा एक वर्षपछि फर्किएका हुन् ।

यसअघि उनी केहि सिरिजमा नेपालको टोलीमा रहेपनि खेल्ने अवसर पाएका थिएनन् । किशोरले नेपाली क्रिकेट टोलीबाट ओडिआईमा २०२२ जुलाईमा घरेलु टोली स्कटल्यान्डविरुद्ध डेब्यू गरेका थिए ।

उक्त खेल पछि किशोरले नेपालको टोलीबाट खेल्ने मौका पाएका थिएनन् । नेपाल एपिएफबाट घरेलु क्रिकेट खेल्ने किशोरले प्रतियोगितामा सानदार प्रदर्शन गर्दै आएका थिए । नेपाल टि२० लिगको उपाधि लुम्बिनी अल स्टार्सलाई जिताउन किशोरले उत्कृष्ट प्रदर्शन गरेका थिए । किशोर डेथ ओभर बलिङको लागि चिनिन्छन् ।

उनले डेथ ओभरमा लगातार राम्रो प्रदर्शन पनि गर्दै आएका छन् । नेपालले डेथ ओभरमा लगातार खराब प्रर्दशन गर्दै आएकोछ । त्यसैले उक्त भूमिकामा किशोरलाई मौका दिन लागेको हो ।

September 20, 2024

युएईको लिग टुमा पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – युएईले आईसीसी क्रिकेट विश्वकप लिग टु मा पहिलो जित हात पारेको छ। युएईले शुक्रवार नामिबियामाथि १ विकेटको जित हात पारेको छ । विन्डोहकमा ३ सय १४ रनको लक्ष्य युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । युएईका बिष्णु सुकुमारनले सर्वाधिक ९७ रन जोडे । उनले ९० बलमा ८ चौका […]

September 20, 2024

भारत फराकिलो अग्रतातर्फ

एजेन्सी – भारत बंगलादेशविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङमा फराकिलो अग्रतातर्फ अघि बढेको छ । दोस्रो दिन शुक्रवार को खेल सकिदा भारतले ३ सय ८ रनको अग्रता बनाएको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश टोली भारत भ्रमणमा छ । पाहुना टोलीले १ सय ४९ रन मात्र बनाएपछि पहिलो इनिङमा २ सय २७ रनले पछि […]

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

Success

Thank you for your time.