default_image

1 year ago

July 4, 2023

आयरल्यान्डविरुद्ध नेपालको सम्भावित प्लेइङ-११

241 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप छनोट प्लेअफ अन्तर्गत सातौं स्थानको लागि आज टेस्ट टोली आयरल्यान्डविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२: ४५ मा जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा सुरु हुनेछ ।

यस खेलको विजेता सातौं र पराजित हुने टोली आठौं स्थानमा रहेर विश्वकप छनोट अन्त्य गर्नेछन् । नेपालको लागि यो प्रतिष्ठाको लडाई हुनेछ । त्यसैले हारले पनि टोलीलाई खासै फरक पार्ने छैन । विश्वकपको लागि सुपर सिक्स गुमाएको हुँदा दुवै टोली विना दबाब आफ्नो उत्कृष्ट क्रिकेट खेल्ने सोचमा हुनेछन् ।

नेपालले पछिल्लो प्लेअफ खेलमा युएईविरुद्ध टोलीमा तीन परिवर्तन गरेको थियो । आसिफ शेख, कुशल मल्ल र ललितनारायण राजवंशीलाई बेन्चमा राखेको थियो । ज्ञानेन्द्र मल्ल, अर्जुन साउद र प्रतिश जि.सीलाई खेलाएको थियो । नेपालले आयरल्यान्डविरुद्ध दुई खेलाडी परिवर्तन गर्ने सम्भावना छ ।

ज्ञानेन्द्र मल्ल नेपालका सर्वाधिक अनुभवी ब्याटर हुन् । युएईसँग १३ रनमा आउट भएका ज्ञानेन्द्रलाई नेपालले मौका दिनसक्छ । उनको अनुभव टेस्ट टोलीविरुद्ध आवश्यक पनि पर्दछ । नेपालले आफ्नो पहिलो रोजाईका ओपनर आसिफ शेख र कुशल भुर्तेललाई नै मैदान उतार्ने सम्भावना छ । आसिफ शेख टोलीमा फर्किदा अर्जुन साउद बेन्चमा बस्नुपर्ने हुन्छ ।

बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सीको स्थानमा नेपालले ललित नारायण राजवंशी वा किशोर महतो मध्य एकलाई खेलाउन सक्छ । किशोरले प्रतियोगितामा खेल्ने मौका पाएका छैनन् ।

जिम्बावेविरुद्ध सोमपाल कामी घाइते भएपछि उनको स्थानमा आएका किशोर डेथ ओभरमा राम्रो बलिङ गर्ने गर्दछन् । डेथ ओभर नेपालको कमजोरीको रुपमा हुँदा किशोरलाई उक्त भूमिकामा हेर्न सकछ । टोलीमा अन्य खेलाडी परिवर्तन गर्ने सम्भावना भने कम देखिन्छ ।

स्पिनरमा सन्दीप लामिछाने प्रमुख बलरको रुपमा खेल्नेछन् । उनलाई दीपेन्द्रले पार्टटाइम स्पिनरको रुपमा साथ दिनेछन् । तीव्र गतिका बलरमा करण केसी प्रमुख बलर हुँदा उनलाई गुलशन झा र किशोर महतोले साथ दिनेछन् ।

नेपालको सम्भावित प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, किशोर महतो र सन्दीप लामिछाने ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.