default_image

1 year ago

July 4, 2023

नेपालले उपाधिको लागि मलेसियासँग खेल्दै

282 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी यू-१६ इस्ट जोन कपको फाइनलमा आज मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ७ ः १५ मा मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न चाहन्छ । सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रन तथा मलेसियाले हङकङलाई ७८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

समूह चरणमा नेपालले थाईल्यान्डलाई २ सय २५ र मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले हराउँदै सेमिफाइनल खेलेको थियो ।

मलेसियाका तीव्र गतिका बलर मोहम्मद अक्रम र मोहम्मद मुकरी नेपाललाई घातक बन्न सक्छन् । यी दुई बलरले मलेसियाको टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । अक्रम अलराउन्डर हुन् । मलेसियालाई फाइनलमा पुर्याउन उनले सेमिफाइनल खेलमा हङकङलाई ७७ रनमा अल आउट गर्न ४ विकेट लिनुको साथै ३७ रन बनाएका थिए ।

नेपालका निरज यादव, सुर्यांश कोइराला र नरेन भट्टले राम्रो प्रदर्शन गर्दै आएका छन् । समूह चरणमा मलेसियाविरुद्ध अशोक धामीले ५२ रन बनाउनुको साथै ४ विकेट लिएका थिए ।

अभिषेक तिवारी नेपालका प्रमुख तीव्र गतिका बलर हुन् । उनको गतिको चाल पाउन कठिन पर्न सक्छ । तिवारीले गतिको धुुनमा वाइड भने रोक्नु पर्ने हुन्छ । स्पिन नेपालको मुख्य हतियार हो । स्पिनर सन्तोष यादव, अशोक धामी, कार्तिक कामत, नरेन भट्ट लगायत बलर छन् ।

September 8, 2024

श्रीलंकाका सिल्भा र मेन्डिसको अर्धशतक

एजेन्सी – कप्तान ओली पोपको शतक बनाए पनि अन्य ब्याटर चल्न नसक्दा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्ड पहिलो इनिङमा ३ सय २५ रनमा अलआउट भएको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ग्ल्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीका लागि यो सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ सय ५६ बलमा १ सय ५४ […]

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

Success

Thank you for your time.