default_image

1 year ago

July 3, 2023

विश्वकपमा पुग्न कुन टोलीलाई के आवश्यक ?

107 views

0 Bookmark

एजेन्सी – जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटबाट श्रीलंका एक खेल अगावै आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकपमा पुगेको छ । सुपर सिक्सबाट अव तीन टोली मध्य एक मात्रै विश्वकपमा पुग्न सक्छन् । जिम्बावे, स्कटल्यान्ड र नेदरल्यान्ड्स मध्य एक टोलीले विश्वकप खेल्नेछ ।

समान दुई पटक एकदिवसीय र टि२० विश्वकप विजेता वेस्टइन्डिज भने सुपर सिक्सबाटै बाहिरिएको छ । सुपर सिक्सबाट ओमान पनि औपचारिक रुपमा बाहिरिएको छ । विश्वकपमा पुग्ने जिम्बावेको उच्च सम्भावना छ । विश्वकपमा पुग्न तीन टोलीको समिकरण यस प्रकार छ ।

१. जिम्बावे

जिम्बावे सुपर सिक्समा ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । जिम्बावेले आफ्नो अन्तिम खेल मंगलबार स्कटल्यान्डसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा जिम्बावे ८ अंकका साथ सोझै विश्वकपमा पुग्नेछ ।

तर यदि जिम्बावे पराजित भएमा भने अन्य टोलीको साथ लिनुपर्ने हुन्छ । उक्त खेलमा स्कटल्यान्ड विजयी भएमा ६ अंक पुग्नेछ । विहीबार स्कटल्यान्डले नेदरल्यान्ड्ससँग खेल्नेछ । यदि जिम्बावे पराजित भएको खण्डमा विहीबार नेदरल्यान्ड्सले स्कटल्यान्डलाई हराउनु पर्ने हुन्छ । त्यसो हुँदा ६-६ अंक हुन्छ । नेटरनरेटमा माथि रहँदै विश्वकपमा पुग्नेछ ।

२. स्कटल्यान्ड

स्कटल्यान्ड ३ खेलमा २ मा जित र १ मा हारका साथ ४ अंकका साथ तेस्रो स्थानमा छ । स्कटल्यान्ड विश्वकपमा पुग्न बाँकी दुबै खेल नेदरल्यान्ड्स र जिम्बावेविरुद्ध खेलको जित पर्याप्त हुनेछ । यदि जिम्बावेसँग पराजित भएको खण्डमा भने विश्वकप सपना स्कटल्यान्डको समाप्त हुनेछ ।

जिम्बावेलाई पराजित गरेर नेदरल्यान्ड्ससँग हार्दा नेटरनरेटको कारण विश्वकप खेल्न सक्छ । स्कटल्यान्डले जिम्बावेलाई हराउन बाहेक अन्य कुनै विकल्प छैन ।

३. नेदरल्यान्ड्स

नेदरल्यान्ड्स ३ खेलमा १ मा जित र २ मा हारका साथ चौथो स्थानमा छ । नेदरल्यान्ड्स बाँकी दुबै खेल ओमान र स्कटल्यान्डसँग विजयी भएमा ६ अंकमा पुग्न सक्छ । पहिला नेदरल्यान्ड्सले दुबै खेल जित्नुपर्छ । एउटा खेलमा पराजित हुँदा पनि बाहिरिन्छ ।

आफूले जितेर मात्रै हुँदैन । उता स्कटल्यान्डले जिम्बावेलाई पनि हराउनै पर्ने हुन्छ । यदि जिम्बावेले हारेको खण्डमा मात्रै तीनै टोलीको ६ अंक हुनसक्छ । आफ्नो दुई खेलमा फराकिलो जित हात पार्न सके नेटरनरेटमा माथि रहँदै विश्वकपमा पुग्न सक्छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.