default_image

2 years ago

July 2, 2023

स्टोक्सको सानदार शतकका बाबजुद इंग्ल्यान्ड अष्ट्रेलियासँग पराजित

158 views

0 Bookmark

एजेन्सी – कप्तान बेन स्टोक्सको सानदार शतकका बाबजुद इंग्ल्यान्ड द एशेज सिरिजको दोस्रो टेस्ट खेलमा अष्ट्रेलियासँग ४३ रनले पराजित भएकोछ । योसँगै पाँच टेस्ट खेलको सिरिजमा अष्ट्रेलियाले २-० को अग्रता लिएको छ

जितको लागि ३ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३ सय २७ रनमा अल आउट भयो । इंग्ल्यान्डका बेन स्टोक्सले २ सय १४ बलमा ९ चौका र ९ छक्कासहित १ सय ५५ रनको एक सानदार इनिङ खेलेपनि टोलीलाई जिताउन सकेनन् ।

स्टोक्स जोश हेजलवुडको बलमा टप एज लागेर विकेटकिपर एलेक्स केरीबाट क्याच आउट भए । स्टोक्स आउट हुँदा इंग्ल्यान्डलाई जितको लागि ७० रन चाहिँएको थियो । तर स्टोक्स आउट भएपछि अन्तिम तीन खेलाडी बलर हुँदा जितको सम्भावना कठिन बनेको थियो ।

जोनी बेयरस्टो नाटकीय रुपमा १० रनमा स्टम्पिङ आउट भए । क्यामरन ग्रिनको ५२ औं ओभरको अन्तिम बाउन्सर बल उनी छाड्दै अघितर्फ बढेका थिए । बेयरस्टो नन स्ट्राइकमा बेन स्टोक्सतर्फ जादै गर्दा विकेटकिपर एलेक्स केरीले पछिबाट स्टम्पमा हानेपछि आउट हुन पुगेका थिए । त्यो आउट हारको एक कारण बन्यो ।

ओपनर बेन डकेट १ सय १२ बलमा ९ चौकासहित ८३, जो रुट १८ र ह्यारी ब्रुक ४ रनमा आउट भए । अष्ट्रेलियाका मिचेल स्टार्क, प्याट कमिन्स र जोश हेजलवुडले समान तीन विकेट लिए ।

त्यसअघि अष्ट्रेलिया दोस्रो इनिङमा २ सय ७९ रनमा अल आउट भएको थियो । अष्ट्रेलिया ओपनर उस्मान खवाजा ७७, डेविड वार्नर २५, मार्नस लाबुसेन ३० र स्टिभ स्मिथ ३४ रनमा आउट भए । इंग्ल्यान्डका स्टुअर्ट ब्रोडले चार विकेट लिए । टोश टोङ्गे र ओली रोविन्सनले समान दुई विकेट लिए ।

इंग्ल्यान्ड पहिलो इनिङमा ३ सय २५ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका बेन डकेट १ सय ३४ बलमा ९ चौकासहित सर्वाधिक ९८ रनमा आउट भएका थिए । ह्यारी ब्रुक ५०, जो रुट १०, ओली पोप ४२, ज्याक क्रली ४८, बेन स्टोक्स १७ र जोनी बेयरस्टो १६ रनमा आउट भएका थिए । अष्ट्रेलियाका मिचेल स्टार्कले तीन, जोश हेजलवुड र टर्विस हेडले समान दुई विकेट लिए ।

त्यसअघि पहिलो इनिङमा अष्ट्रेलिया दास्रो दिन पहिलो सेसनमा ४ सय १६ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथले १ सय ८४ बलमा १५ चौकासहित १ सय १० रनको शतकीय इनिङ खेलेका थिए । स्मिथनै खेलेको प्लेयर अफ द म्याच चुनिए ।

ओपनर डेविड वार्नर ८८ बलमा ८ चौका र १ छक्कासहित ६६, उस्मान खवाजा १७, मार्नस लाबुसेन ४७, क्यामरन ग्रिन डक, एलेक्स केरी २२, नाथन लायन ७ र जोश हेजलवुड ४ रनमा आउट भए । प्याट कमिन्स ४३ बलमा २ चौकासहित २२ रनमा नट आउट रहे ।

इंग्ल्यान्डका ओली रोविन्सन र जोश टोंगेले समान तीन विकेट लिए । जो रुटले दुई, जेम्स एन्डरसन र स्टुअर्ट ब्रोडले समान एक विकेट लिए । अष्ट्रेलिया पहिलो खेलमा दुई रनले विजयी भएको थियो । तेस्रो खेल बिहीबारबाट सुरु हुनेछ ।

February 5, 2025

पुजाको अर्धशतकमा नेपालको विशाल योगफल

काठमाडौं(हाम्रो खेलकुद) – पुजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पुजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । करियरको दोस्रो अर्धशतक […]

February 5, 2025

नेपालले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा १ परिवर्तन भएको छ । मंगलवार थाइल्याण्डसँगको खेलमा खेलेकी अलिशा कुमारी यादवको स्थानमा सिता राना मगरले मौका पाएकी छिन् । दुवै टोली सिरिजमा तेस्रो […]

February 5, 2025

मोन्टिको सुखद सुरुवात, अनि अकस्मात बहिर्गमन!

भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]

Success

Thank you for your time.