default_image

1 year ago

July 2, 2023

दीपेन्द्र बने खेलको प्लेयर अफ द म्याच

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईविरुद्ध प्लेयर अफ द म्याच बनेका छन् । नेपाललाई तीन विकेटको जित दिलाउन एक अविस्मरणीय इनिङ खेलेका दीपेन्द्रले प्लेयर अफ द म्याच अवार्ड जितेका हुन् ।

जितको लागि जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरी ८५ बलमा ७ चौका र २ छक्कासहित ७९ रनमा अविजित रहे ।

दीपेन्द्रले नेपाललाई एक समय २०.५ ओभरमा ६३-६ को अवस्थाबाट खेल जिताएका थिए । दीपेन्द्रले उक्त अवस्थाबाट सातौं विकेटका लागि गुलशन झासँग ४६ बलमा ४३ रनको साझेदारी गरेका थिए । गुलशन १२ रनमा आउट भएपछि नेपाल १०६-७ को अवस्थामा पुगेको थियो । उक्त अवस्थाबाट दीपेन्द्रले सन्दीपसँग मिलेर १५ ओभरमा ७९ रनको साझेदारी गर्दै नेपालको जित पक्का गराएका थिए ।

त्यसअघि जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ४६।५ ओभरमा १ सय ८१ रनमा अल आउट भएको थियो । दीपेन्द्रले बलिङमा ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर १ विकेट लिएका थिए । नेपालले अन्तिम खेल मंगलबार आयरल्यान्डसँग सातौं स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।

नेपालले विश्वकप छनोटमा जितेको यो दोस्रो खेल हो । यसअघि अमेरिकालाई ६ विकेटले हराउँदा करण केसी खेलको प्लेयर अफ द म्याच चुनिएका थिए । करणले उक्त खेलमा पावर प्लेममा चार विकेट लिँदै सहज जितको आधार तय गरेका थिए ।

नेपाल समूह ए बाट ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि सुपर सिक्समा पुग्न सकेको थिएन ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.