default_image

1 year ago

July 2, 2023

दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा नेपालले युएईलाई हरायो

285 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईलाई तीन विकेटले पराजित गरेकोछ । योसँगै नेपालले विश्वकप छनोटको अन्तिम खेल मंगलबार टेस्ट टोली आयरल्यान्डसँग सातौं स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।

जितको लागि जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा दीपेन्द्र ८५ बलमा ७ चौका र २ छक्कासहित ७९ रनमा अविजित रहे ।

सन्दीप लामिछानेले ३७ बलमा २ चौकासहित २३ रनमा नट आउट रहे । आठौं विकेटका लागि दीपेन्द्र र सन्दीपले १५ ओभरमा ७९ रनको अविजित साझेदारी गर्दै खेल सकाए ।

एक समय ६३-६ को दयनीय अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि दीपेन्द्रले गुलशन झासँग ४३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । गुलशन २४ बलमा १ चौकासहित १२ रनमा आउट हुन पुगेका थिए ।

नेपालले दोस्रो ओभरको पहिलो बलमै ओपनर तथा विकेटकिपर अर्जुन साउदलाई एक रनमा गुमाएको थियो । साता महिनापछि टोलीमा मौका पाएका अर्जुनले त्यो अवसर सदुपयोग गर्न सकेनन् ।

खेल प्रतिष्ठाको लडाई हुँदा आसिफ शेखलाई विश्राम दिँदै अर्जुनलाई मौका दिएको थियो । तीव्र गतिका बलर मोहम्मद जवादुल्लाहले अर्जुनलाई एक रनमा एलबीडब्लू आउट गरेका थिए । लामो समयपछि टोलीमा खेल्ने मौका पाएका अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल १३ रनमा क्याच आउट हुन पुगे । तीव्र गतिका बलर जुनैद सिद्दिकको बलमा ज्ञानेन्द्र टप एज लागेर बासिल हामिदबाट समातिन पुगेका थिए । ज्ञानेन्द्रले २२ बलमा २ चौका प्रहार गरे ।

कप्तान रोहित पौडेल पुन सर्ट बलको शिकार बने । रोहित जवादुल्लाहको सर्ट बलमा एज लागेर विकेटकिपर अर्यांश शर्माबाट रोहित ४ रनमा समातिन पुगेका थिए । जवादुल्लाहको बलमा भीम सार्की एज लागेर शर्माबाट १ रनमा क्याच आउट भए । सन्चित शर्माले आरिफ शेखलाई एक रनमा एलबीडब्लू आउट गरेका थिए ।

कुशल भुर्तेल अली नासिरको सर्ट बलमा सन्चित शर्माबाट क्याच आउट भएपछि नेपाल २०.५ ओभरमा ६३(६ को दयनीय अवस्थामा पुगेको थियो । कुशल भुर्तेल ५९ बलमा ४ चौकासहित ३५ रनमा आउट भए ।

युएईका मोहम्मद जवादुल्लाहले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । जुनैद सिद्दिक, अली नासिर, सन्चित शर्मा र रोहन मुस्तफाले समान एक विकेट लिए ।

त्यसअघि जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ४६.५ ओभरमा १ सय ८१ रनमा अल आउट भएको थियो । युएईका कार्यवाहक कप्तान वृत्य अरविन्दले ७५ बलमा ४ चौकासहित सर्वाधिक ४४ रन बनाएका थिए । तर त्यो रन जितको लागि पर्याप्त हुन सकेन ।

आयरल्यान्डविरुद्ध घाइते भएका कप्तान मोहम्मद वासिम नहुँदा युएईले आसिफ खानलाई ओपनिङ पठाएको थियो । मध्यक्रमका ब्याटर आसिफ नेपालविरुद्ध पहिलो ओभरको दोस्रो बलमै शून्यमा आउट हुन पुगेका थिए ।

उनी तीव्र गतिका बलर करण केसीको बलमा एज लागेर विकेटकिपर अर्जुन साउदबाट क्याच हुन पुगेका थिए । ओपनरलाई दोस्रो बलमै गुमाएपनि युएईका दुई युवा ब्याटर अर्यांश शर्मा र वृत्यले दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।

स्पिनर सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमै उक्त साझेदारी तोडेका थिए । सन्दीपको १५ औं ओभरको अन्तिम बलमा अर्यांश शर्मा एज लागेर फस्ट स्लिपमा आरिफ शेखबाट २८ रनमा क्याच आउट भए । उनले ४३ बलमा ३ चौका प्रहार गरे ।

सन्दीपले मध्यक्रमका ब्याटर रमिज शाहजादलाई १० रनमा एलबीडब्लू आउट गर्दै दबाब बढाएका थिए । तीव्र गतिका बलर गुलशन झाले कार्यवाहक कप्तान वृत्य अरविन्दलाई बोल्ड आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए । पाँचौं विकेटका लागि रोहन मुस्तफा र बासिल हामिदले ५८ रनको साझेदारी गरेका थिए ।

एक समय युएई ३९.२ ओभरमा १५५-४ को अवस्थामा थियो । करण केसीको बाउन्सर बलमा रोहन मुस्तफा एज लागेर अर्जुनबाट समातिन पुगे । मुस्तफाले ५६ बलमा ३ चौकासहित ३५ रन बनाए । मुस्तफा आउट भएपछि बाँकी ४ विकेट मात्रै २३ रन जोड्दा गुमाएपछि ठूलो योगफलको सम्भावना सकिएको थियो । युएईले अन्तिम ६ विकेट मात्रै २६ रन बनाउन गुमाएपछि ठूलो योगफल बनाउनबाट चुकेको थियो ।

बासिल हामिद दीपेन्द्रको बलमा करणबाट २९ रनमा समातिन पुगे । हामिदले ३५ बलमा २ चौका प्रहार गरे । रोहित पौडेलले मिडअफबाट युएईका फिनिसर अली नासिरलाई ४ रनमा अल आउट गरेपछि नेपाल खेलमा पुरै हाबी बनेका थिए । सन्दीपले सन्चित शर्मालाई १२ रनमा क्याच गराए । युवा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सीले जुनैद सिद्दिकलाई शून्यमा बोल्ड आउट गरे ।

नेपालका सन्दीप लामिछानेले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । करण केसीले ८.५ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । प्रतिश जि।सी, गुलशन झा र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । नेपाल सातौं स्थानको लागि मंगलबार आयरल्यान्डसँग खेल्नेछ । विश्वकप छनोटमा त्यो नेपालको अन्तिम खेल हुनेछ ।

उक्त खेलमा विजयी भएमा नेपाल सातौं र पराजित भएमा आठौंमा रहेर विश्वकप छनोट अन्तय गर्नेछ । नवौं स्थानको लागि अमेरिका र युएईबीच बिहीबार प्रतिस्पर्धा हुनेछ । नेपाल समूह ए मा ४ मा खेलमा ३ मा हार र १ मा जितका साथ बाहिरिएको थियो ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.