default_image

1 year ago

July 2, 2023

साता महिनापछि मौका पाएका अर्जुन एक रनमै आउट

393 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीमा सात महिनापछि खेल्ने मौका पाएका अर्जुन साउद एक रनमै आउट भएका छन् । आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा नेपालले अर्जुन साउदलाई युएईविरुद्ध मौका दिएको थियो ।

नियमित ओपनर तथा विकेटकिपर आसिफ शेखलाई विश्राम दिँदै नेपालले अर्जुनलाई आजको खेलमा खेल्ने मौका दिएको थियो । तर अर्जुन एक रनमै आउट हुन पुगेका छन् । जितको लागि १ सय ८२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले कुशल भुर्तेल र अर्जुन साउदलाई ओपनिङ पठाएको थियो ।

युवा तीव्र गतिका बलर मोहम्मद जवादुल्लाहको बलमा अर्जुन ओभरको ओभरको पहिलो बलमै एलबीडब्लू आउट भएका थिए । पाँच बल खेलेका उनले एक रन मात्रै बनाउन सके । अर्जुनले नेपालको प्लेइङ ११ मा सात महिनापछि मौका पाएका थिए । उनले अन्तिम पटक स्कटल्यान्डविरुद्ध विन्डहोकमा डिसेम्बर ८ मा खेल्ने मौका पाएका थिए ।

नामिबिया भ्रमणमा अर्जुनको प्रदर्शन राम्रो हुन नसकेपछि र केहि सुस्त शैलीमा खेलेपछि पुन खेल्ने मौका पाएका थिएनन् । ओपनर आसिफ शेख र कुशल भुर्तेलको जोडीले लगातार राम्रो प्रदर्शन गरेपछि अर्जुन वैकल्पिक विकेटकिपरको रुपमा खेलेका थिए ।

नेपाल विश्वकप छनोट दौडबाट बाहिरी सकेको छ । यो प्रतिष्ठाको लडाई हुँदा नेपालले आसिफलाई विश्राम दिने निर्णय लिएको थियो । नेपाल यस खेलमा विजयी भएमा सातौं स्थानको लागि आयरल्यान्डसँग खेल्न पाउनेछ । पराजित भएमा नेपालले नवौं स्थानको लागि अमेरिकासँग खेल्नुपर्ने हुन्छ ।

१ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ७ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको थियो । ज्ञानेन्द्र मल्ल १० र कुशल भुर्तेल १५ रनमा क्रिजमा छन् ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.