default_image

1 year ago

July 2, 2023

विश्वकप छनोटमा आज हाइभोल्टेज खेल

160 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा आज उपाधिका दुई प्रमुख दाबेदार जिम्बावे र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १२: ४५ मा क्विन्स स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

श्रीलंका ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंका आजको खेलमा विजयी भएमा औपचारिक रुपमा एक खेल अगावै विश्वकपमा पुग्नेछ । जिम्बावे पनि ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ ।

जिम्बावे विजयी हुँदा विश्वकप पक्कापक्की हुनेछ । तर औपचारिकता स्कटल्यान्डसँगको खेल पर्खिनु पर्ने हुन्छ ।
दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज दुई खेल अगावै बाहिरिएको छ । त्यसैले जिम्बावे र श्रीलंकाको विश्वकप यात्रा निकै सहज भएको छ । जारी विश्वकपमा दुबै टोली अपराजित छन् ।

समूह चरणमा अपराजित हुँदै सुपर सिक्समा आएका यी दुई टोलीबीचको भिड्न्त निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । जिम्बावे घरेलु मैदान र उत्कृष्ट लयलाई निरन्तरता दिन चाहन्छ । श्रीलंका आफ्नो स्पिन आक्रामण सामु जिम्बावेलाई निराश बनाउन चाहन्छ ।

जिम्बावेका सेन विलियम्स, क्रेग इर्विन र सिकन्दर राजा उच्च लयमा छन् । विलियम्सले जारी प्रतियोगितामा ५ खेलमा ३ मा शतक र १ मा अर्धशतकसहित कुल ५ सय ३२ रन बनाएका छन् । उनले अमेरिकाविरुद्ध १ सय ७४ र ओमानविरुद्ध १ सय ४२ गरि लगातार दुई शतक हानेका छन् । नेपालविरुद्ध १ सय २ रन जोडेका थिए ।


क्रेग इर्विनले ४ खेलमा १ शतकसहित २ सय ४३ रन बनाएका छन् । सिकन्दर राजा जिम्बावेका प्रमुख हतियार हुन् । उनले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । राजाको स्पिन अझ महत्वपूर्ण हुनेछ । तीव्र गतिका बलर रिचर्ड नगरावा र ब्लेसिङ मुर्जाबानीबाट उत्कृष्ट सुरुवात चाहन्छ ।

यता वानिन्दु हसरंगा र महेश थिक्सेनाको जोडी यस प्रतियोगितामा हाबी हुँदै आएका छन् । श्रीलंकाले कमजोर ब्याटिङ गर्दा पनि यी दुई बलरले जित दिलाएका छन् । हसरंगाले ५ खेलमा २० विकेट लिएका छन् । हसरंगाको बलिङ निकै महत्वपूर्ण हुनेछ ।


नयाँ बलका साथ स्पिनर थिक्सेनाले पनि सानदार प्रदर्शन गर्दै आएका छन् । उनको क्यामरम बल पढ्न सहज हुनेछैन । श्रीलंकाका प्रमुख दुई तीव्र गतिका बलर दुश्मन्था चामिरा र लाहिरु कुमारा चोटका कारण टोलीमा छैनन् । लाहिरु कुमारा बाहिरिएका छन् । कुमारा नहुँदा तीव्र गतिका बलर मथिसा पाथिरानालाई मौका दिनसक्छ ।

दिुमथ करुणारत्ने, कुशल मेन्डिस र पाथुम निसांकाको प्रदर्शन अझ महत्वपूर्ण हुनेछ । दासुन शानका राम्रो लयमा छैनन् । उनीबाट उच्च प्रदर्शन चाहन्छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.