default_image

2 years ago

June 30, 2023

क्यानका जनरल म्यानेजर वृतान्तको राजीनामा स्वीकृत

214 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजर वृतान्त खनालको राजीनामा स्वीकृत गरेको जनाएको छ । क्यानको शुक्रबार काठमाडौंमा बसेको बैठकले वृतान्तको राजीनामा स्वीकृत भएको जनाएको छ ।

क्यान स्रोतका अनुसार उनको राजीनामा स्वीकृत भएको छ । उनको काम अव कार्यवाहक सचिव दुर्गाराज पाठक र क्यानका क्रिकेट म्यानेजर विनोद दासले हेर्नेछन् । क्यानले नयाँ समिति आएपछि मात्रै अव जनरल म्यानेजर नियुक्त गर्ने निर्णय गरेको बुझिएको छ ।

वृतान्त २०७८ चैतमा क्यानको जनरल म्यानेजरमा नियुक्त भएका थिए । त्यसअघिका जनरल म्यानेजर रौनक मल्लको एक वर्षको कार्यकाल समय नथपेपछि उनलाई नियुक्त गरिएको थियो । तर वृतान्तको १५ महिनाको कार्यकाल खासै सम्झन लायक रहेन ।

उत्टै बिबादित कार्य र आलोचनामा मात्रै बित्यो । उनले देखिनी गरि क्यानमा कुनैपनि काम गरेनन् । नेपाली कांग्रेसको पावरमा नियुक्त भएको आरोप खेप्दै आएका उनले समय समयमा बरु उल्टै बिबादित भनाई र कार्यको कारण आलोचनामा परेका थिए । उनले राजीनामा दिनुको कारण भने स्पष्ट रुपमा नखुलेको स्रोतले जनाएको छ ।

March 14, 2025

नेपालविरुद्ध हङकङको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालविरुद्ध हङकङले बलियो योगफल तयार गरेको छ । लिग चरणको अन्तिम खेलमा हङकङले नेपाललाई १ सय ५ रनको बलियो लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल […]

March 14, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीले ६ विकेट लिएपछि नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ । विभागीय डर्बीमा शुक्रवार एपिएफ क्लबलाई २ विकेटले पराजित गर्दै पुलिसले आफ्नो अपराजित यात्रा कायमै राखेको हो । ९५ रनको झिनो लक्ष्य पुलिसले २६.२ ओभरमा ८ विकेट गुमाएर […]

March 14, 2025

बुमराहले आइपिएलका केही खेल गुमाउने

एजेन्सी – चोटका कारण मुम्बई इन्डियन्सका तीव्र गतिका बलर जसप्रित बुमराहले इण्डियन प्रिमियर लिग (आइपिएल) सुरुवाती केही खेल गुमाउने भएका छन् । बेंगलोरस्थित बिसिसिआईको सेन्टर अफ एक्सिलेन्समा मेडिकल टिमको स्वीकृतिमा बुमराह अप्रिलको सुरुसम्ममा टोलीमा सामेल हुने अपेक्षा गरिएको छ । जनवरी ४ मा सिड्नीमा भएको बोर्डर–गावस्कर ट्रफी टेस्टका क्रममा बुमराहको ढाडको तल्लो भागमा चोट लागेको […]

Success

Thank you for your time.