2 years ago
June 30, 2023
एजेन्सी – नेदरल्यान्ड्सले आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा श्रीलंकाविरुद्ध ड्रिम सुरुवात गरेकोछ । क्विन्स स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोेजेको श्रीलंकाले ७ ओभरमा ३ विकेट गुमाउँदै ३४ रन बनायो । श्रीलंकाका दिमुथ करुणारत्ने १६ बलमा २ चौकासहित १८ रनमा क्रिजमा छन् ।
समूह चरणमा वेस्टइन्डिजलाई हराउन नायक बनेका लोगन भान बिकले नेदरल्यान्ड्सलाई ड्रिम सुरुवात दिलाएपछि श्रीलंका संकटमा पुगेको छ । बिकले पहिलो ओभरको पहिलो बलमै पाथुम निसांकालाई सकिबबाट क्याच गराए । रायन केलिनले चौथो ओभरको पाँचौं बलमा १० रनमा एलबीडब्लू आउट गरे ।
लोगन भान बीकको बलमा सदिरा समाराविक्रमा एक रनमा कप्तान स्कट एडवार्ड्सबाट क्याच आउट भएपछि श्रीलंका ४.५ ओभरमा २७-३ को अवस्थामा पुगेको थियो । बिकले चारिथ असांकालाई तेजा निडामानिरुबाट २ रनमा क्याच गराएपछि ३४(४ को अवस्थामा पुगेको हो ।
समूह चरणमा नेदरल्यान्ड्सले वेस्टइन्डिजलाई सुपर ओभरमा हराएको थियो । सुपर ओभरमा लोगन भान बीकले जेसन होल्डरलाई समान तीन चौका र छक्कासहित ३० रन जोड्नुको साथै दुई विकेट लिएका थिए ।
३ सय ७५ रनको लक्ष्य पछ्याउनेक्रममा ३ सय ७४ रनमा पुर्याउँदै बराबर गराउन उनले १४ बलमा ३ चौका र १ छक्कासहित महत्वपूर्ण २८ रन जोडेका थिए । श्रीलंकाले आज टोलीमा एक परिवर्तन गरेको छ । कसुन रजिथाको बलमा दिलशान मदुशानकालाई मौका दिएको छ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]