2 years ago
June 30, 2023
एजेन्सी – उपाधिको प्रमुख दाबेदार श्रीलंकाले जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा युवा तीव्र गतिका बलर दिलशान मदुशानकालाई टोलीमा समेटेकोछ । प्रमुख तीव्र गतिका बलर दुश्मन्था चामिरा चोटका कारण घर फर्किनु परेपछि उनलाई टोलीमा समेटेको जनाएकोछ । दिलशान श्रीलंकाको वैकल्पिक खेलाडीको सूचिमा थिए ।
२२ वर्षीय बायाँ हाते बलर दिलशानले श्रीलंकाबाट २ ओडिआई र ११ टि२० आई खेल खेलेका छन् । गतवर्ष श्रीलंकालाई अप्रत्याशित रुपमा एसिया कपको उपाधि जिताउन उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
भारतलाई ६ विकेटले हराउनेक्रममा उच्च प्रदर्शन गरेका थिए । दिलशानले ४ ओभरमा २४ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिएका थिए । विराट कोहलीलाई शून्यमा बोल्ड, ऋषभ पन्तलाई १७ रनमा क्याच र दिपक हुुडालाई ३ रनमा बोल्ड गरेका थिए ।
उनले श्रीलंका ए टोलीबाट घरेलु मैदानमा यसै महिना दक्षिण अफ्रिका ए विरुद्ध उच्च प्रदर्शन गर्दै तीन खेलमा ९ विकेट लिएका थिए । श्रीलंका विश्वकप छनोटमा सुपर सिक्समा २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । श्रीलंका समूह बी बाट अपराजित रहँदै आएको थियो ।
श्रीलंकाले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । श्रीलंकाले त्यसपछि आइतबार जिम्बावे र शुक्रबार वेस्टइन्डिजसँग खेल्नेछ । श्रीलंकालाई विश्वकपमा पुग्न तीन मध्य दुई जित पर्याप्त हुनेछ ।
श्रीलंकाले तीव्र गतिका बलरमा लाहिरु कुमारा र कसुन रजिथालाई मैदान उतार्दै आएको छ । मथिसा पाथिरानालाई बेन्चमा राख्दै आएको छ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]