2 years ago
June 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियाविरुद्ध खराब ब्याटिङ गर्दै संकटमा पुगेको छ । बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै ८५ रन बनाएकोछ । नेपालका अभिषेक तिवारी २ र नरेन भट्ट १६ रनमा क्रिजमा छन् ।
नेपालले निरज कुमार यादवलाई ८ रनमै गुमाएको थियो । उनले थाईल्यान्डविरुद्ध ७ चौका र ६ छक्कासहित ७४ रनको उत्कृष्ट इनिङ खेलेका थिए । तीव्र गतिका बलर मोहम्मद अक्रमले उनलाई बोल्ड गरेका थिए ।
सूर्यांशु कोइराला २६ बलमा ५ चौकासहित २९ रनमा आउट भए । यी दुई ओपनरले थाईल्यान्डविरुद्ध १ सय १० रनको शतकीय साझेदारी गरेका थिए । तर घरेलु टोलीविरुद्ध धेरै समय क्रिजमा टिक्न सकेनन् ।
उनी हजिक हैकवालको बलमा बोल्ड भएका थिए । विकेटकिपर आषिश लुहार गोल्डेन डक आउट भए । तीव्र गतिका बलर आरिन अकिले प्रतिक भट्टाईलाई ४ रनमा क्याच आउट गराए ।
स्पिनर मोहम्मद मुकरीले दीपु कुमारलाई १५ रनमा क्याच गराए । उनले ४१ बल खेलेका थिए । मुकरीको बलमा स्वीप खेल्दा मिस हुँदा सन्तोष यादव शून्यमा एलबीडब्लू आउटको शिकार भएपछि नेपाल १८.३ ओभरमा ८०-६ को अवस्थामा पुगेको थियो । मलेसियाली ब्यारले घरेलु मैदान र कन्डिसनको भरपूर्ण फाइदा उठाएका छन् ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]