default_image

2 years ago

June 29, 2023

नेपालविरुद्ध युएई: हेड टु हेड

454 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप छनोट २०२३ अन्तर्गत प्लेअफ खेलमा आइतबार युएईसँग खेल्नेछ । एसोसिएट टोलीका दुई चर्चित टोलीबीच पुन कडा प्रतिस्पर्धाको अनुमान गरिएको छ । यस टोलीको विजेताले सातौं स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।

त्यसै अर्को प्लेअफ खेलमा शुक्रबार अमेरिका र आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यस खेलको विजेताले सातौं स्थानको लागि नेपाल र युएईसँगको विजेतासँग खेल्नेछ । नेपालले दुई महिना अघि टियु क्रिकेट मैदानमा युएईलाई ७ विकेटले हराउँदै एसिया कपमा स्थान बनाएको थियो । तर विश्वकप छनोट अघि वार्मअप खेलमा भने नेपाल युएईसँग तीन विकेटले पराजित भएको थियो ।

नेपाल समूह ए बाट ४ खेलमा १ मा जित र ३ मा हारसहित चौथो स्थानमा रहेर प्लेअफ खेल्न लागेको हो । युएई समूह बी मा चारै खेलमा हारका साथ प्लेअफ खेलेको हो । सुपर सिक्स यात्राबाट बाहिरिएका नेपाल र युएईको लागि खेल प्रतिष्ठाको लडाईं र वरियताको लागि प्रतिस्पर्धा हुनेछ ।

नेपाल र युएईबीच ओडिआईमा कुल १४ खेल भएको छ । जसमा नेपाल ८ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । आफ्नो ओडिआई इतिहासमा नेपाल सबैभन्दा बढी खेल नै युएईसँग खेलेको छ । युएईपछि नेपालले पपुवा न्युगिनीविरुद्ध १० खेलमा ८ मा जित र २ मा हार व्यहोरेको छ ।

नेपालले रोहित पौडेल कप्तानीमा युएईविरुद्ध आइसिसी विश्वकप लिग–२ मा चार र प्रिमियर कपको फाइनलमा गरि पाँच खेल खेलेको छ । रोहितको कप्तानीमा युएईविरुद्ध ४ मा जित र १ मा हार व्यहोरेको छ ।

नेपालले पछिल्लो पटक युएईसँग २ मार्चमा विश्वकप लिग २ मा नै उसकै मैदानमा ६८ रनले पराजित भएको थियो । त्यसपछि भने नेपालले युएईमाथि सहज जित हात पार्दै आएको छ । दुबई इन्टरनेशल मैदानमा ४२ रनले हराउँदा टियुमा १ सय ७७ रन, डकवर्थ लेविस पद्धतिको आधारमा ९ रन र ७ विकेटले हराएको थियो ।

आइसिसी विश्वकप लिग २ को अन्तिम खेलमा ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा कट अफ टाइमको कारण खेल रोकिएको थियो । अनि नेपाल विजयी हुँदा विश्वकप छनोटमा पुगेको थियो ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.