default_image

1 year ago

June 29, 2023

विलियम्सको शतकमा ओमानलाई विशाल लक्ष्य

112 views

0 Bookmark

एजेन्सी – अनुभवी ब्याटर सन विलियम्सले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै उत्कृष्ट शतक प्रहार गरेपछि जिम्बावेले आइसिसी विश्वकप छनोटको सुपर सिक्सको पहिलो खेलमा ओमानलाई ३ सय ३३ रनको विशाल लक्ष्य दिएको छ ।

क्विन्स स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३२ रन बनायो । जिम्बावेका अनुभवी ब्याटर सन विलियम्सले १ सय ३ बलमा १४ चौका र ३ छक्कासहित १ सय ४२ रनको सानदार शतकीय इनिङ खेले ।

उनले यसअघिको खेलमा अमेरिकाविरुद्ध १ सय ७४ रनको सानदार शतकीय इनिङ खेलेका थिए । नेपालविरुद्ध १ सय २ रनमा नट आउट थिए । सिकन्दर राजा ४९ बलमा ६ चौकासहित ४२, जोयलोर्ड गुम्बी २१, क्रेग इर्विन २५, रायन बर्ल १३ र वेस्ली ममेभेरे २३ रनमा आउट भए ।

तल्लोक्रमका ल्यूक जोंगवे २८ बलमा ४ चौकासहित ४३ रनमा नट आउट रहे । ओमानका तीव्र गतिका बलर फैयाज बटले १० ओभरमा ७९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।

बिलाल खान, कलिमुल्लाह र जिशान मकसुदले समान एक विकेट लिए । समूह चरणबाट ४ अंकका साथ आएको जिम्बावे यस खेलमा विजयी हुँदा विश्वकप यात्रा निकै सहज बन्नेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.