1 year ago
June 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी एसिसी यू-१६ इस्टर्न जोन कपमा थाईल्यान्डविरुद्ध उत्कृष्ट ब्याटिङ सुरुवात गरेको छ । मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ६ ओभरमा कुनै विकेट नगुमाई ५४ रन बनाएको छ ।
नेपालका ओपनर निरज कुमार यादव १८ बलमा ४ चौका र २ छक्कासहित ३२ रनमा क्रिजमा छन् । उनलाई सुर्यांशु कोइरालाले १९ बलमा ३ चौकासहित १६ रनमा साथ दिएका छन् ।
समूह ए मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । समूह बी मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनएसिया छन् । समूह ए को खेलमा मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले पराजित गरेको थियो ।
थाईल्यान्ड पहिलो खेलमै पराजित भएको हुँदा नेपाल पहिलो जित निकालेको खण्डमा सेमिफाइनलमा पुग्नेछ । नेपालले आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । सेमिफाइनल ३ जुलाई र फाइनल ४ जुलाईमा हुनेछ ।
नेपालको यू(१६ टोली :
दीप भुजेल, कार्तिक कामत, प्रतिक पोखरेल, निरज यादव, अभिषेक तिवारी (कप्तान), सुर्यांशु कोइराला, आषिश लुइटेल (विकेटकिपर), सन्तोष यादव, अशोक धामी, सचिन मल्ल र नरेन भट्ट ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]