default_image

2 years ago

June 27, 2023

सार्थक र पासाङलाई पाँचपोखरी गाउँपालिकाले भारतमा क्रिकेट अभ्यास गराउने

279 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटिङ अलराउन्डर सार्थक धिताल र पासाङ दोर्जे तामाङलाई पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नो खर्चमा भारतमा क्रिकेट अभ्यास गराउने भएको छ ।

गाउँपालिकाको लगानीमा भारतमा रहेको कल्का क्रिकेट एकेडेमीमा तीन महिना अभ्यास गराउने भएकोछ । सिन्धुपाल्चोक जिल्लाका दुई उदीयमान खेलाडीलाई तीन महिनासम्म आफ्नै खर्चमा पालिकाले अभ्यास गराउने भएको हो ।

जिल्ला क्रिकेट संघ तदर्थ समितिको पहलमा उक्त अभ्यास गर्न लागेका हुन् । काल्का क्रिकेट एकेडेमीमा पुनित मेहराले प्रशिक्षण गराउँदै आएका छन् । पुनितले नेपाल पोखरा प्रिमियर लिग विराटनगरबाट खेलि सकेका छन् ।

नेपाली टि२० फ्रेन्चाइज लिगमा सानदार प्रदर्शन गरि सकेका पुनित भारतीय चर्चित घरेलु प्रतियोगिता रणजी ट्रफी अनुभव बटुलि सकेका छन् । दिल्लीबाट घरेलु क्रिकेट खेल्ने पुनितले ६ लिष्ट ए र १४ टि२० क्रिकेट खेलेका छन् ।

प्रशिक्षणमा जाने दुई युवा खेलाडीलाई गाउँपालिकाले मंगलबार एक औपचारिक कार्यक्रकाबीच बिदाई गरेको छ । पाँचपोखरी थाङ्गपाल गाउँपालिका अध्यक्ष टासी लामाले दुवै खेलाडीलाई शुभकामना दिँदै बिदाई गरेका थिए ।

सार्थक नेपाली यू-१९ र यू-१६ घरेलु क्रिकेट प्रतियोगिता खेलि सकेका छन् । केहि महिना अघि सार्थकको कप्तानीमा बागमती प्रदेशले यू१६ राष्ट्रिय प्रतियोगिता फाइनल खेलेको थियो ।

नेपाली यू-१६ टोलीको बन्द प्रशिक्षणमा रहेका सार्थकले अन्तिम टोलीमा स्थान बनाउन सकेका थिएनन् । उनले जिल्लास्तरिय क्रिकेट प्रतियोगितामा सानदार प्रदर्शन गर्दै आएका छन् ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.