2 years ago
June 27, 2023
एजेन्सी – स्पिनर मार्क वाट र क्रिस ग्रेभ्सको उत्कृष्ट बलिङसँगै श्रीलंकाले आइसिसी विश्वकप छनोटमा स्कटल्यान्डलाई २ सय ४६ रनको मध्यम लक्ष्य दिएको छ । क्विन्स स्पोर्ट्स पार्क बुलावायोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका ४९.३ ओभरमा २ सय ४५ रनमा अल आउट भयो ।
श्रीलंकाका ओपनर पाथुुम निसांकाले ८५ बलमा १० चौकासहित सर्वाधिक ७५ रनको योगदान दिए । चरिथ असलंका ६५ बलमा ४ चौका र २ छक्कासहित ६३ रनमा आउट भए ।
ओपनर दिमुथ करुणारत्ने क्रिस सोलको बलमा ७ रनमा बोल्ड आउट भए । सोलको बलमा कुशल मेन्डिस एक रनमा माइकल लिस्कबाट उत्कृष्ट क्याच आउटको शिकार बने ।
सदिरा समाराविक्रमा ३५ बलमा ४ चौकासहित २६, धनन्जय डि सिल्भा २३ र दासुन शानका शून्यमा डक आउट भए । वानिन्दु हसरंगा १५ र महेश थिक्सेनाले १६ रन बनाए ।
स्कटल्यान्डका स्पिनर क्रिस ग्रेभ्सले ६.३ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए। मार्क वाटले १० ओभरमा ५२ रन खर्चेर ३ विकेट लिए । क्रिस सोलले १० ओभरमा १ मेडनसहित ४६ रन खर्चेर २ विकेट लिए।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]