2 years ago
June 27, 2023
एजेन्सी – अन्तर्राष्ट्रिय खेलकुद परिष्द (आइसिसी) ले विश्वकप २०२३ को खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगिता ५ अक्टोबर देखी १९ नोभेम्बरसम्म भारतका १० स्थानमा हुनेछ । १० टोली सहभागी प्रतियोगितामा लिगमा एक अर्काले खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
विश्वकपको पहिलो खेलमा ५ अक्टोबरमा अहमदाबादमा इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । २०१९ को विश्वकपमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई सुपर ओभर पनि टाई भएपछि बाउन्ड्री बढी प्रहार गरेको आधारमा उपाधि जितेको थियो । ६ अक्टोबरमा पाकिस्तान र छनोटबाट आउने पहिलो टोलीसँग हैदराबादमा खेल्नेछ ।
भारतले पहिलो खेल ८ अक्टोबरमा अष्ट्रेलियासँग चेन्नईमा खेल्दै सुरुवात गर्नेछ । विश्व क्रिकेटमा सवैभन्दा बढी प्रतीक्षा गरिएको भारत र पाकिस्तानबीचको खेल १५ अक्टोबरमा अहमदाबादमा हुनेछ ।
लिगको अन्तिम खेलमा १२ नोभेम्बरमा अष्ट्रेलिया र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । पहिलो सेमिफाइनल १५ नोभेम्बर र दोस्रो १६ नोभेम्बरमा हुनेछ ।
फाइनल १९ नोभेम्बरमा हुनेछ । वर्षा वा कुनै कारण हुन नसके फाइनलको लागि एक दिन रिजर्भ दिन राखिएको छ । फाइनल अहमदाबादमा हुनेछ । विश्वकप भारतको हैदराबाद, अहमदाबाद, धर्मशाला, दिल्ली, चेन्नई, लखनऊ, पुणे, बंगलोर, मुम्बई र कोलकातामा हुनेछ । प्रतियोगिता ४६ दिन सम्म चल्नेछ ।
विश्वकप २०२३ को पूर्ण खेल तालिका
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]