default_image

2 years ago

June 27, 2023

राखेपले दियो तर एपिएफले पाएन पिएम कपको पुरस्कार

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गतवर्ष कार्तिकमा सम्पन्न पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता विजेता नेपाल एपिएफ क्लबले अझै पुरस्कार रकम पाएको छैन ।

प्रतियोगिता विजेता पुरस्कार वापत एपिएफ क्लबले १० लाख रुपैयाँ पाउनु पर्ने भएपनि हालसम्म नेपाल क्रिकेट संघ (क्यान) ले नगद पुरस्कार दिएको छैन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक सहयोगमा क्यानले प्रधानमन्त्री कप आयोजना गर्दै आएको छ ।

राखेपले प्रतियोगिता वापत क्यानलाई दिनुपर्ने ६० लाख रुपैयाँ भने दिइसकेको जनाएको छ । राखेपका लेखा प्रमुख ऋषिराम पोखरेलले क्यानले उक्त पैसा पहिला नै लागिसकेको बताए । तर क्यानले विजेता एपिएफलाई उपाधि जितेवापतको रकम हालसम्म नदिएको एपिएफका खेलकुद विभाग प्रमुख विजय केसीले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् ।

‘अहिलेसम्म उक्त रकम पाएका छैनौं । क्यानलाई सोध्दा अर्को हप्ता भन्दै आउनु भएको छ । तर अहिलेसम्म आएको छैन’, केसीले भने ।

स्रोतका अनुसार क्यानले उक्त पैसा आफैं चलाएको जनाएको छ । आइसिसीले क्यानलाई रकम पठाएपछि दिने बताएको बुझिएको छ । तर क्यानका कोषाध्यक्ष रोशन सिंहले त्यसो नभएको बताउँछन् ।

‘मेरो हिसाबले वहाँहरुको खातामा उक्त रकम जानुपर्ने हो । बैंकहरु मर्जर हुँदा खाता नमिलेको कारण धेरै जना खेलाडी र जिल्लाहरुको पैसा फिर्ता आएको छ । त्यसैमा वहाँहरुको पनि पर्यो कि जस्तो लागेको छ’, सिंहले हाम्रो खेलकुदसँग भने ।

राखेपले दिएको पैसा आफुहरुले चलाउनु पर्ने अवस्था नभएको सिंहले बताए । ‘राखेपले पैसा दियो । क्यानले पायो । हामीले राखेपको पैसा किन चलाउनु पर्यो । वहाँहरुसँग मेरो पनि कुरा भएको थियो । यदि गएको छैन भने म काठमाडौं फर्केपछि दुई तीन दिनमा फेरि पठाउँछौं’, उनले भने ।

एपिएफले फाइनलमा ४ विकेटले हराउँदै उपाधि जितेको थियो । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको एपिएफले ९ बल अगाडि ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।

February 5, 2025

मोन्टिको सुखद सुरुवात, अनि अकस्मात बहिर्गमन!

भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]

February 5, 2025

पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दै नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]

February 4, 2025

अर्जुन ट्रफी – लोकेशको अर्धशतकमा धनगढीको दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]

Success

Thank you for your time.