2 years ago
June 26, 2023
एजेन्सी – नेदरल्याान्ड्सका अलराउन्डर लोगन भान बीकले आइसिसी विश्वकप छनोटमा वेस्टइन्डिजविरुद्ध सुपर ओभरमा ३० रन प्रहार गर्दै टोलीलाई ऐतिहासिक जित दिलाएका छन् । जितको लागि ३ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ७४ रन बनाएको थियो ।
नेदरल्यान्ड्सले शतक प्रहार गरेका तेजा निडामानिरुलाई छाडेर बीक र कप्तान स्कर्ट एड्वार्ड्सलाई सुपर ओभरमा पठाएको थियो । खेल टाई गराउन बीकले १४ बलमा ३ चौका र १ छक्कासहिन अन्तिममा महत्वपूर्ण २८ रन जोडेका थिए । सुपर ओभरको पहिलो बलमा भान बीकले जेसन होल्डरलाई चौका प्रहार गरे ।
दोस्रो बलमा बीकले होल्डरलाई छक्का हाने । तेस्रो बलमा उनले चौका प्रहार गरे । चौथो बलमा उनले छक्का प्रहार गरेका थिए । सुरुवाती चार बलमै २० रन जोडेको थियो । पाँचौं बलमा छक्का हानेपछि जित पक्का जस्तै गराएको थियो । अन्तिम बलमा चौका हान्दै ३० रनमा पुर्याएका थिए ।
तीव्र गतिका बलर बीकले सुपर ओभरमा सुरुवाती पाँच बलमा ८ रन खर्चेर २ विकेट लिँदै जित पक्का गराएका थिए । सुपर ओभरमा वेस्टइन्डिजलाई जितको लागि ३१ रन चाहिँएको थियो । भान बिक लोगनलाई पहिलो बलमै जोनसन चाल्र्सले छक्का प्रहार गरे । दोस्रो बलमा उनले एक रन दिए । तेस्रो बलमा कप्तान शाई होपले एक रन बटुलेपछि जितको सम्भावना समाप्त भएको थियो । उनले चौथो बलमा जोनसन र पाँचौं बलमा शेफर्डलाई क्याच गराउँदै रोमान्चक जित दिलाए ।
अन्तिम १२ बलमा नेदरल्यान्ड्सलाई जितको लागि ३० रन चाहिँएको थियो । स्पिनर रोश्टन चेशलाई ४९ औं ओभरमा लोगन भान बिकले दुई चौका र एक छक्का तथा आर्यन दत्तले एक चौका प्रहार गरेपछि कुल २१ रन जोडेको थियो ।
नेदरल्यान्ड्सलाई जितको लागि ६ बलमा ९ रन चाहिँएको थियो । पहिलो बलनै बीकले अल्जारी जोशेफलाई चौका प्रहार गरे । दोस्रो बलमा एक रन लिदा तेस्रो बलमा दत्त १६ रनमा क्याच आउट भए ।
अन्तिम बलमा जितको लागि एक रन चाहिँदा बीक जेसन होल्डरबाट मिडअनमा क्याच आउट भएपछि खेल टाई हुँदै सुपर ओभरमा पुगेको थियो । बीकले तल्लोक्रममा १४ बलमा ३ चौका र १ छक्कासहित २८ रन बनाएका थिए । उनी नै खेलको प्लेयर अफ द म्याच चुनिए ।
नेदरल्यान्ड्सको जितमा तेजा निडामानुरुले ७६ बलमा ११ चौका र ३ छक्कासहित सर्वाधिक १ सय ११ रनको सानदार शतकीय इनिङ खेले । उनी आउट हुँदा नेदरल्यान्ड्सलाई जितको लागि २४ बलमा ४८ रन चाहिँएको थियो ।
त्यहाँबाट अर्यान दत्त र बीकले जितको आधार तय पारेका थिए । योसँगै नेदरल्यान्ड्स सुपर सिक्समा दुई अंकका साथ जाने भएको छ । वेस्टइन्डिज अंक विहीन र जिम्बावे ४ अंकका साथ सुपर सिक्स खेल्नेछ । नेदरल्यान्ड्सले वेस्टइन्डिजलाई पहिलो पटक पराजित गरेको हो ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]