default_image

2 years ago

June 26, 2023

‘यो क्षण बयान गर्न सक्दिन’ – प्लेयर अफ द म्याच भान बिक

294 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोटमा वेस्टइन्डिजविरुद्ध सुपर ओभरमा जित हासिल गर्दा खेलको नायक बनेका लोगन भान बिकले जितको क्षण बयान गर्न नसकेको बताएका छन् ।

समूह ए को अन्तिम लिग खेलमा नेदरल्यान्ड्सले वेस्टइन्डिजलाई सुपर ओभरमा पराजित गर्दै महत्त्वपूर्ण २ अंक जोडेको हो । वेस्टइन्डिजले प्रस्तुत गरेको ३ सय ७५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा भान बिकले अन्त्यमा १४ बलमा २८ रन जोडेका थिए । उनले अन्तिम दुई ओभरमा ३ चौका र १ छक्का प्रहार गर्दा खेल सुपर ओभरमा लम्बिने आधार बनेको थियो ।

सुपर ओभरमा भान बिकले वेस्टइन्डिजका कप्तान जेसन होल्डरलाई ३० रन प्रहार गरेपछि नेदरल्यान्ड्स बलियो स्थितिमा पुगेको थियो । त्यसपछि उनले सुपर ओभरमा लगातार दुई विकेट लिँदै डच टोलीलाई यादगार जित दिलाए ।

खेलपछि बोल्दै भावुक देखिएका भान बिकले आफ्नो भनाइ यसरी राखे :

‘म यो क्षण बयान गर्न सक्दिन । हामीलाई थाहा थियो, आज जितका लागि केहि विशेष प्रदर्शन गर्नु आवश्यक थियो । स्कट र तेजाले जति ब्याटिङ लम्ब्याउँदै गए, हाम्रो विश्वास पनि बढ्दै गएको थियो । अन्त्यमा त्यो अवस्थामा पुगेपछि जसरी पनि जिताउनुपर्छ भन्ने थियो । र १३ वर्षे करिअरमा पहिलोपटक सफल भएको छु ।’

‘आजको जित सबै हालसम्म सिकेको परिणाम हो । आफ्नो कौशलमा विश्वास राखें । उनीहरुले मिस गरे भने आफ्नो सट लाग्छ भन्ने थियो । म एकदम संयम थिएँ र योजना अनुसार अघि बढ्न सकें ।’

‘नियमित ओभरको अन्तिम बलमा निकै निराश थिएँ । मैले सिधै मिड अनमा क्याच दिन पुगें । तर अन्त्यमा जे हुनु थियो त्यो नै भयो । सुपर ओभरको प्रदर्शनले बदला पूरा भएको महसुस गरेको छु ।’

‘रोस्टन चेजले राम्रो बलिङ गरिरहेको अवस्थामा मैले जोखिम उठाउनुपर्ने थियो । र भाग्यमानी भन्नुपर्छ त्यो ओभरमा पनि रन आयो ।’

‘हाम्रो टोलीको लागि यो ठूलो ठूलो जित हो । पछिल्लो १८ महिनामा हामीले जुन यात्रा तय गर्यौं, त्यसको प्रतिफल यो खेल हो । सुपर लिगको खेलमा हामीले धेरै हार बेहोरेका थियौं । लगातारको हारमा हामीले धेरै कुरा सिक्न पायौं । आज निर्णायक मोडमा आएर जित हासिल गर्दा निकै खुसी लागेको छ ।’

‘अब आशा छ आउने तीन खेलमा पनि यो लय कायम रहनेछ । र हामीसँग भारतमा हुने विश्वकपमा छनोट हुने अवसर पनि छ । आज हामी यो जितमा रमाउनेछौं । भोलीबाट नजर अर्को खेलमा रहनेछ ।’

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.