2 years ago
June 26, 2023
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको जबरजस्ती करणी सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडित किशोरीलाई एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय सुनाएको छ । सरकारको राहत कोषबाट सो रकम उपलब्ध गराउन अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासले सोमबार पीडितलाई क्षतिपूर्ति दिन आदेश दिएको हो । सन्दीपमाथि २०७९ भदौ ५ गते गौशालास्थित एक होटलमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको हो । राष्ट्रिय क्रिकेट टोलीसँग विदेशमा रहेको समयमा नै सन्दीपविरुद्ध उजुरी परेको थियो । त्यहि आरोपमा उनी पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने थुनछेक आदेश दिएको थियो ।
जिल्ला अदालतको आदेशविरुद्ध सन्दीप पाटन उच्च अदालत गएका थिए । त्यहिबाट उनी विदेश जान नपाउने शर्तसहित पुस २९ गते २० लाख धरौटीमा थुनामुक्त भएका थिए । त्यो आदेशकाविरुद्ध सन्दीपले विदेश जान पाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन दिएका थिए । पीडित पक्षले सन्दीपलाई थुनामा राखेर कारवाही गर्ने आदेश माग गर्दै सर्वोच्चमा निवेदन दिएको थियो ।
विदेशबाट फर्केको १५ दिन भित्र जानकारी गराउनुपर्ने शर्तसहित सर्वोच्चले सन्दीपलाई विदेश जान अनुमति दिएको थियो । साथै थुनामा राखेर कारबाही गर्नुनपर्ने उच्च अदालतको निर्णयलाई सदर गरेको थियो । तर, सर्वोच्चले विशेष प्रकृतिको निवदेन भन्दै क्षतिपूर्ति सम्बन्धमा अन्तरिम क्षतिपूर्तिको व्यवस्थाको समेत आदेश दिएको थियो । सोही आधारमा दिइएको निवेदनमा काठमाडौं जिल्ला अदालतले पीडित किशोरीलाई १ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको हो ।
सन्दीपले किशोरीमाथि जबरजस्ती करणी नगरेको दाबी गर्दै आएका छन् । हाल सन्दीप विश्व कप ग्लोबल छनोटमा भाग लिने क्रममा राष्ट्रिय टोलीका साथ जिम्बावे भ्रमणमा छन् । ग्लोबल छनोटबाट बाहिरिसकेको नेपालले असार १७ गते प्ले अफ खेल्नेछ । प्ले अफ खेल्ने टोलीको टुंगो लाग्न बाँकी छ । सन्दीपको अर्को पेशी असार २९ गते छ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]