default_image

2 years ago

June 26, 2023

वारियर्सलाई एसपिएल उपाधि, राशिद सर्वोत्कृष्ट

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग (एसपिएल) को उपाधि बजाज खडक वारियर्सले जितेको छ। वारियर्सले तेश्रो पटक उपाधि जितेको हो । वारियसले फाइनलमा कन्चनरुप राइनोजलाई ४ विकेटले हराउँदै उपाधि जितेको हो ।

सोमबार पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा कन्चनरुप राइनोजले दिएको १ सय ४५ रनको विजयी लक्ष्य १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । एक समय ८.१ ओभरमा ५८-४ को अवस्थामा पुगेको वारियर्सलाई जिताउन बिशाल सुश्लिंगले ३३ बलमा ४ चौका र २ छक्कासहित ४६ रनको अविजित इनिङ खेले ।

उनले पाँचौ विकेटको लागि बिबेक यादवसंग ३० रनको, छैठौं विकेटको लागि दिनेश अधिकारीसंग ३६ रनको तथा सातौँ विकेटको लागि अनिल यादवसंग अविजित २२ रनको साझेदारी गर्दै टोलीलाई च्याम्पियन बनाएका थिए ।

वारियर्सका ओपनर साहिल पटेलले २१, राज वर्माले १७ तथा कर्ण बिक, सन्दिप रजालीले समान १४ रन तथा अनिल यादवले अविजित ९ रन बनाए। कन्चनरुपका चित्र विष्टले सर्वाधिक तीन लिए । राशिद खान, नारायण जोशी र पप्पु यादवले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कन्चनरुप राइनोजले निर्धारित २० ओभरमा १ सय ४५ रनमा अल आउट भयो । कन्चनरुपको लागि ओपनर दीलिप नाथले २२ बलमा ४ चौका र ३ छक्का ४२ रनको योगदान दिए । नारायण जोशीले २७, सुमित श्रेष्ठले १७ तथा अमित यादवले १६ रनमा आउट भए ।

बजाज खडक वारियर्सका बिबेक यादवले ४ ओभरमा २५ रन खर्चिए ४ विकेट लिए । गोमानन्द अमात्यले २ तथा अनिल यादव र दिनेश अधिकारीले समान एक विकेट लिए ।

प्रतियोगिताको उपाधि विजेता वारियर्सले तीन लाख रुपैयाँ हात पार्यो । उपविजेता कन्चनरुप राइनोजले एक लाख पचास हजार रुपैयाँ पार्यो । प्लेयर अफ द सिरिज घोषित कन्चनरुप राइनोजका राशिद खानले २५ हजार रुपैयाँ प्राप्त गरे।

यस्तै प्रतियोगिता उत्कृष्ट ब्याटर छिन्नमस्ता लायन्सका शुभ कंसाकार, बलर बजाज खडक वारियर्सका दिनेश अधिकारी घोषित भए । उत्कृष्ट बलर र ब्याटरले समान १५ हजार रुपैयाँ पाए । यस्तै प्रतियोगिताको उदयमान खेलाडी बलान बिहुल सुपर किंग्सका विशाल यादव घोषित भएका थिए ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.