default_image

2 years ago

June 26, 2023

पुरनको आक्रामक शतकमा नेदरल्यान्ड्सलाई विशाल लक्ष्य

157 views

0 Bookmark

एजेन्सी – युवा ब्याटर निकोलस पुरनले आक्रामक शतक प्रहार गरेपछि वेस्टइन्डिजले आइसिसी विश्वकप छनोटमा नेदरल्यान्ड्सलाई ३ सय ७५ रनको विशाल लक्ष्य दिएको छ । हरारेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ७४ रन बनायो ।

वेस्टइन्डिजका निकोलस पुरनले ६५ बलमा ९ चौका र ६ छक्कासहित १ सय ४ रनको आक्रामक शतकीय इनिङ खेले । पुरनको यो ओडिआई करिअरको तेस्रो शतक हो । उनले ६३ बलमै शतक हानेका थिए ।

ब्रेन्डन किंगले ८१ बलमा १३ चौकासहित ७६ रनको योगदान दिए । नियमित ओपनर कायल मेयर्सलाई बेन्चमा राखेको थियो । जोनसन चाल्र्सलाई ओपनिङ गराएको थियो । पहिलो विकेटका लागि जोनसन र ब्रेन्डनले १७.२ ओभरमा १ सय १ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए ।

जोनसन ५५ बलमा ९ चौका र १ छक्कासहित ५४, शमाह्र ब्रक्स २५ र शाई होप ४७ रनमा आउट भए । वेस्टइन्डिजले रोभम्यान पावेललाई बेन्चमा राख्दै रोमारियो शेफर्डलाई मौका दिएको थियो । शेफर्ड डक र जेसन होल्डर ८ रनमा आउट भए । किमो पल २५ बलमा ४ चौका र २ छक्कासहित ४६ रनमा नट आउट रहे ।

नेदरल्यान्ड्सका बास डि लिडे र सकिब जुलफिकरले समान दुई विकेट लिए । लोगन भान बिंक र भिभियन किंग्माले समान एक विकेट लिए । यस खेलमा विजयी हुने टोलीले सुपर सिक्समा दुई अंक लगेर जानेछ ।

March 14, 2025

नेपालविरुद्ध हङकङको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालविरुद्ध हङकङले बलियो योगफल तयार गरेको छ । लिग चरणको अन्तिम खेलमा हङकङले नेपाललाई १ सय ५ रनको बलियो लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल […]

March 14, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीले ६ विकेट लिएपछि नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ । विभागीय डर्बीमा शुक्रवार एपिएफ क्लबलाई २ विकेटले पराजित गर्दै पुलिसले आफ्नो अपराजित यात्रा कायमै राखेको हो । ९५ रनको झिनो लक्ष्य पुलिसले २६.२ ओभरमा ८ विकेट गुमाएर […]

March 14, 2025

बुमराहले आइपिएलका केही खेल गुमाउने

एजेन्सी – चोटका कारण मुम्बई इन्डियन्सका तीव्र गतिका बलर जसप्रित बुमराहले इण्डियन प्रिमियर लिग (आइपिएल) सुरुवाती केही खेल गुमाउने भएका छन् । बेंगलोरस्थित बिसिसिआईको सेन्टर अफ एक्सिलेन्समा मेडिकल टिमको स्वीकृतिमा बुमराह अप्रिलको सुरुसम्ममा टोलीमा सामेल हुने अपेक्षा गरिएको छ । जनवरी ४ मा सिड्नीमा भएको बोर्डर–गावस्कर ट्रफी टेस्टका क्रममा बुमराहको ढाडको तल्लो भागमा चोट लागेको […]

Success

Thank you for your time.